About Us

लम्की सञ्चार समूह द्धारा सञ्चालित

सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज

लम्की चुहा २ लम्की कैलाली

पृष्ठभूमि 

 
 
     सुदुरपश्चिमको प्रबेशद्धारको रुपमा रहेको कैलालीको लम्कीचुहा नगरपालीकाको मुटु लम्की बजारको चौराहामा रहेको रेडियो पश्चिम आवाजलाई लम्की सञ्चार समुहले समुदाय संगको सहकार्यमा  २०७१ म्ांशिर २८ गते देखि विधिवत रुपमा सुचना, शिक्षा, मनोरञ्जन एकै साथ लिएर आम स्रोताको रेडिायेमा गुन्जयमान बनेको थियो । रेडियो हाल प्रत्यक दिन १८ घण्टा निरन्तर प्रशारण हुदै आएको छ । भने प्रत्यक घण्टा स्थानिय खबरहरु प्रशारण गदै आएको छ । रेडियोले स्थानिय भाषालाई प्राथमिकता दिदै अछामी, डोटेली, थारु र हिन्दी भाषामा बिभिन्न कार्यक्रम, समाचार प्रशारण गदै आएको छ । 
 
 हाल लम्की सञ्चार समुहले समुदायसंग प्रत्यक्ष सहकार्य गरी रेडियो सञ्चालनको लागि लम्कीचुहा नगरपालीका संरक्षक संस्थाको रुपमा रहने गरी यस क्षेत्रका प्रतिठित संस्था लम्कीचुहा उद्योग बाणिज्य संघ, किसान बहुउद्देश्यीय सहकारी संस्था, लम्की साना सहरी खानेपानी उपभोक्ता समुह, कर्णाली यातायात ब्यावसायि संघ, लम्की बहुमुखि क्याम्पस, कोपिला सामुदायिक बन लगायतका बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुको सहयोगमा रेडियो सञ्चालनमा आएको हो । हाल सम्म रेडियोका ८ वटा संस्थागत संदस्य, ८ जना ब्यक्तिगत अतिविशिष्ट सदस्य, ८ जना ब्यत्तिगत विशिष्ट सदस्य, ३५ जना आजिवन ब्यक्तिगत सदस्य, १ सय जना साधारण ब्यक्तिगत सदस्य रहेका छन ।
 
“नेपाली मनको एउटै आवाज” भन्ने मुल नारा बोकेकोे सामुदायिक रेडियो पश्चिम आवाज विभिन्न क्षेत्रबाट पिछडिएका यस सुदूरपश्चिम क्षेत्रको आर्थिक, समाजिक, शैक्षिक,स्वास्थ्य, पर्यटकीय क्षेत्र लगायत बिभिन्न समस्यालाई आमसञ्चारमाध्यमबाट राष्ट्रिय बहसको बिषय बनाउने र सम्बन्धित निकायलाई समस्या समाधानका लागि  घचघच्याउने उद्धेश्यका साथ यस क्षेत्रमा सक्रियरुपमा कार्यरत सञ्चारकर्मीहरुको भेलाले  मिति २०७० चैत्र १ गतेका दिन लम्की सञ्चार समूहको स्थापना गरेको थियो ।
 
 संस्था स्थापना पश्चात २०७० चैत्र १६ गते विधिवत रुपमा जिल्ला प्रशाशन कार्यालय कैलालीमा दर्ता भइ चैत्र २४ गते समाज कल्याण परिषदमा समेत दर्ता भइ रेडियोको सञ्चालनको लागिे सुचना तथा सञ्चार मन्त्रालयले अनुमती दिइ मंसीर १५ गते देखि रेडियो सञ्चालनमा आयोको थियो । १४ दिन सम्मको आन्तरीक तथा प्राविधक तयारी गरी रेडियोको परिक्षण काल सोही अवधिमा पुरा गरी आजैकै दिन २०७१ मंशिर २८ गते देखि विधिवत रुपमा रेडियो प्रशारमा आएको हो । 
 
सामुदायिक  रेडियोले समाज परिवर्तनका लागि महत्वपूर्ण योगदान पु¥याउनेछ । आप्mना उद्देश्य अनुरुपका बिभिन्न कार्यहरु जस्तैः सुदूरपश्चिमको संस्थागत बिकास, स्वास्थ्य अवस्था, शैक्षिक अवस्था वातावरण तथा यसको संरक्षण, विपन्न वर्गको आर्थिक आय स्तर वृद्धिका लागी विभिन्न कार्यक्रम संचालन, सुदुरपश्चिमको पर्यटन विकास लगायत समाजका बिभिन्न सरोकार राख्ने पक्षबारे राष्ट्रिय रुपमा नै बहस बनाउन रेडियोले आफ्ना गतिविधिहरु अगाडी वढाइरहेको छ । 
सुदूरपश्चिमको प्रवेशद्धार कैलालीको लम्की नजिकै रहेको टिकापुर पार्क, धार्मिक पर्यटकिय स्थल कैलाशधाम तिर्थस्थल वल्चौर, वर्दगोरयिा, एसियाकै नमुना कर्णाली पुल, पर्यटकीय स्थल पितमारी, राजकाडाँ, पुरैना ताल, घोडाघेडी ताल, साइपाल र अपी हिमाल  देखि कैलाली र कञ्चनपुरका सुन्दर फाँटहरु यस सुदूर पश्चिमका गौरव हुन । कञ्चनपुरको दोधारा चादनी पुल ,बाजुराको बडीमालिका, खप्तड क्षेत्र, अछामको रामारोशन र वैद्यनाथधाम, डोटीको शैलेश्वरी, डडेल्धुराका घटाल, उग्रतारा र बैतडीको सुन्दर खोडपे, पाटन, गोठालापानी लगायतका क्षेत्रहरुले सुदूर पश्चिमलाई प्राकृतिक र सांस्कृतिक रुपमा नै सम्पन्न बनाएका छन । आन्तरिक तथा बाह्य पर्यटनका अथाह सम्भावनालाई स्थानिय देखि अन्तर्राष्ट्रिय तहसम्म चिनाउनु आजको आवश्यकता भएको छ । आज विश्वमा सूचना र सञ्चारको क्षेत्रमा उल्लेखनीय चमत्कारीक आविश्कारहरु भएका छन ।
 
 २१ औ शताव्दीमा सूचना सञ्चारको अभूतपूर्व सफलताले सिंगो विश्वलाई नै साँगुरो पारिदिएको छ ।  सुदूरपश्चिमको पर्यटन, संस्कृति र वैभवतालाई स्थानिय देखि राष्ट्रिय स्तर सम्म पर्वद्धन गर्न सकिएको छैन । सुदूरपश्चिम क्षेत्रमा रहेका अथाह सम्भावनाहरुलाई उजागर गर्नु पर्ने टडकारो आवश्यकता देखिएको छ । यी सवै सम्भावनाहरुको उजागर गर्दे सम्वन्धीत निकाय सम्म पु¥याउन र पर्वदन गर्न यस सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्जले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएको छ  । 
 

सामुदायिक रेडियो पश्चिम आवाज को उदेश्य

 
सामुदायिक रेडियो पश्चिम आवाज निरन्तर यस क्षेत्रको आर्थिक, पर्यटकिय, औद्योगिक, सामाजिक र सांस्कृतिक प्रवद्र्धनका लागि सूचनामूलक, शैक्षिक, सृजनात्मक र सीपमूलक कुराहरुलार्य रेडियो मार्फत समुदाय समक्ष पुरयाई कार्य गर्ने उद्धेश्य रहेको छ ।
यो रेडियोले निरन्तर यस क्षेत्रको आर्थिक, पर्यटकिय, औद्योगिक, सामाजिक र सांस्कृतिक प्रवद्र्धनका लागि सूचनामूलक, शैक्षिक, सृजनात्मक र सीपमूलक कुराहरुलाई रेडियो मार्फत सुसूचित गराउन समेत सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्जले आफनो उद्धेश्य बनाएको छ ।
 

सामुदायिक रेडियो पश्चिम आवाजको लक्ष्यः

 
सञ्चार अभियान मार्फत यस क्षेत्रलाई आम नेपाली र सिंगो विश्व समुदायमा परिचित गराउने साथै यस क्षेत्रको स्थानीय भाषा, साहित्य, कला, खेलकुद, मनोरञ्जन तथा ग्रामिण परिवेशलाई समेटेर सूचना र संञ्चार माध्यमबाट दीर्घकालिन हितलाई आफ्नो लक्ष्य बनाएको छ ।
 

सामुदायिक रेडियो पश्चिम आवाज को पहँुचः

 
 सामुदायिक रेडियो पश्चिम आवाज १०० वाट क्षमता भएको पहुँचका दृष्टिले सुदूर पश्चिमका कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, अछाम, बझाङ्ग र डोटी जिल्लाहरु, मध्येपश्चिमको सुर्खेत, कालिकोट,जुम्ला, बर्दिया वाँके जिल्ला र दक्षिणमा भारतको तिकुनिया सम्म प्रष्ट सुन्न सकिन्छ । साथै वेवसाइड मार्फत संसारभरीका जनताले सुन्न सक्नेछन् । यसरी रेडियोको पहुँचका आधारमा करिव १५ लाख जनताले हाम्रो आवाज सुन्न सक्नेछन् । थप यस रेडियोको प्रसारण पहुँच विस्तारका लागी राजकाँडामा सव स्टेशन राख्न सके सुदूरपश्चिम र मध्यपश्चिमका सवै जिल्लाका जनता सम्म रेडियोको तरङ्ग पु¥याउन सकिने छ । 

सामुदायिक रेडियो पश्चिम आवाज किन ?

 
  • आम जनतामा निहित सूचनाको हकलाई व्यवहार मै लागु गर्न 
  • रेडियोको माध्यमबाट सत्य, तथ्य र सन्तुलित सूचना, बैज्ञानिक एवं चेतनामूलक शिक्षा र स्वस्थ मनोरञ्जन प्रदान गर्न 
  • औद्योगिक, व्यापारिक, बाणिज्य, यातयात लगायतका क्षेत्रका आर्थिक क्रियाकलापको विस्तार, प्रवद्र्धन र समृद्धीका सञ्चार अभियान सञ्चालन गर्न
  • सुदूर पश्चिमका अथाह पर्यटकिय सम्भावनाहरुका बारेमा सूसुचित गराई आन्तरिक र बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न साथै धार्मीक पर्यटनलाई अभियान कै रुपमा सञ्चाल गर्न ।
  • यस क्षेत्रका जात जाति भाषभाषि, धर्म, वर्ग, लिङ्ग, शिक्षा विहिन, दलित, अपाङ्गता भएका व्यक्तिहरु, महिला, हिंसापीडित, आदिवासी जनजाति, द्वन्द्व पीडित, जातिय, भाषिक र लैंगिक अल्पसख्यक तथा सिमान्तकृत समुदायलाई सूचना र सञ्चारको माध्यमबाट समुदायको हरेक क्रियाकलापमा पहुँच पुरयाउन ।
  • बहुलवादी, समावेशी र जनउत्तरदायी समाज निर्माणमा सामुदायिक रेडियो पश्चिम आवाजले योगदान दिने छ ।
  • लोकतान्त्रीक पद्धतीको विकास, मानव अधिकार शिक्षा, सामाजिक न्याय र कानूनको शासनको सुदृढीकरणमा सहयोग गर्ने ।
  • आवाज विहिनको आवजलाई अगाडी ल्याउन प्रयत्न गर्न ।
  • यस रेडियोको माध्यमबाट यस समाजको चासो र संलग्नता बढाउँदै समुदायको आशा र आकांक्षालाई मुखरित गर्न ।
  • विभिन्न जात जाति भाषभाषि, धर्म, वर्ग, लिङ्ग, शिक्षा विहिन, दलित, अपाङ्गता भएका व्यक्तिहरु, महिला, हिंसापीडित, आदिवासी जनजाति, द्वन्द्व पीडित, जातिय, भाषिक र लैंगिक अल्पसख्यक तथा सिमान्तकृत समुदाय लगायत पछाडी पारिएको वर्ग, क्षेत्र र समुदायलाई आम सञ्चारको माध्यमबाट मूल धारमा अगाडि ल्याउन ।
  • विद्यालय, औद्योगिक प्रतिष्ठान र यातायातलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्न सञ्चार अभियान सञ्चालन गर्न ।
  • खेलकुदमा सुदूर पश्चिमले गरिरहेको योगदानको सम्मानका लागि सञ्चार अभियान सञ्चालन गर्ने ।

कार्यक्रम र प्राथमिकता ः

सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्जले आफ्ना घोषित उद्धेश्य प्राप्तिका लागि आफ्नो कार्यक्रमको बनोट र प्राथमिकता निर्धारण गरिसकेको छ । ताजा र विश्वसनीय खवर, समसामयिक जनअभिरुचिका विषयमा चर्चा परिचर्चा विश्लेषण, मानव अधिकार, समाजिक न्याय, बालबालिका, समावेशी लोकतन्त्रको पक्षधर कार्यक्रम, समुदायको विशेष चासोका विषयवस्तुहरु विभिन्न भाषा, शैलि र भावनाको प्रस्तुती हाम्रा प्राथमिक कार्यक्रम रहनेछन । कृषि, स्वास्थ्य,शिक्षा, अर्थ बाणिज्य, साहित्य कला, खेलकुद, संस्कृति तथा पर्यटनमूलक कार्यक्रमको संयोजनका साथै स्थानिय लोक संस्कृति, स्वस्थ मनोरञ्जन, श्रोता प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता कार्यक्रम हाम्रा प्रथमिकता हुन । 

रेडियोको भावि योजना ः

  • रेडियोको क्षमता अभिबृद्धि गरी २०००। वाट पुरे्याउने ।
  • सबैलाई सुचनाको अधिकार सहजै पुर्याउनको लागि राजकाडा“मा रिले स्टेशन निमार्ण गर्ने ।
  • लम्की सञ्चार समुह द्धारा पश्चिम लोक आवाज राष्ट्रिय दैनिक नामक पत्रिका लम्की सञ्चार समुहको स्थापना दिवसको अवसरमा चैत्र १६ गते देखि प्रकाशनमा ल्याउने ।
  • लम्कीमा सामुदायिक पुस्तकालय सञ्चालनमा ल्याउने ।सामुदायिक छापाखाना सञ्चालनमा ल्याउने ।
  • यस क्षेत्रको आर्थिक, सामाजिक, भौतिक विकासका लागि रेडियो कार्यक्रम, नाटक सञ्चालनमा ल्याउने ।
जनताको अवाज जनता कै मातृ भाषामा प्रस्तुत गर्नु हाम्रा कार्यक्रमको मूल आधार विन्दु हो ।
 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by