विश्वकपको प्रारम्भीक छनोटका लागि नेपाल र भारत भिड्दै ।

 

Nepali-Football-Team

२८ फागुन, काठमाडौं । विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनोटमा आज नेपाल र भारत भिड्दैछन् ।

खेल नेपाली समय अनुसार सवा ७ बजेपछि गुवाहटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा हुनेछ । एसियन कप २०१९ को छनोटका रुपमा समेत रहेको प्रतिस्पर्धाको दोस्रो खेल चैत ३ गते काठमाडौंमा हुनेछ ।

नेपालले भारतलाई पछिल्लो पटक गत भदौमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा २-१ ले हराएको थियो । तर, त्यसयता नेपालले भारतसँग श्रृखलाबद्ध हार व्यहोरेेको छ ।

साथै पछिल्ला ६ अन्तराष्ट्रिय खेलमा गोल समेत गर्न सकेको छैन । त्यसैले आज भारतविरुद्ध उत्रँदा नेपालले गोलको खरेडी तोड्ने प्रयासमा हुनेछ ।

पछिल्लो तीस वर्षमा नेपाल र भारतीय फुटबल टीम १५ पटक आमने सामने भएका छन् । सन् १९८५ को साउथ एसियन गेम्समा ढाकाबाट सुरु भएको भिडन्तमा भारत हावी हुँदै आएको छ । भारतले ११ जित हात पारेको छ । नेपाल दुई खेलमा मात्र विजयी भएको छ ।

‘हामीले पछिल्लो साढे दुई साता धेरै मेहनत गरेका छौं’ नेेपालका प्रशिक्षक ज्याक स्टेफनोस्किले भनेका छन्-‘दुबै टीमको बराबर सम्भावना छ ।’

 

 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by