सुदूरपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु ।

धनगढी, २१ चैत्र । सुदूरपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका १९ वर्ष मूनिका महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगिताको एक समारोहकाबीच सभासद दीर्घराज भाट र ब्याडमिन्टन संघका केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । प्रतियोगिताका संयोजक लोकबहादुर खड्का रविको अध्यक्षतामा भएको उद्घाटन समारोहमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक साउाद, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तीलक चौधरी, कैलाली जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष महेश शाह लगायतको उपस्थिति रहेको थियो ।
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by