सरकारले आजदेखि ७ मुलुकमा निःशुल्क कामदार पठाउने ।

काठमाण्डौ २१ असार
खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था आजदेखि लागू  भएको छ । श्रम तथा रोजगार मन्त्रालयको गत जेठ २६ गते कतार, बहराइन, साउदीअरब, दुबई, ओमन, कुबेत र मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञा लागू गर्ने निणर््ँय आजदेखि कार्यान्वयनमा गएको  मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले जानकारी दिए । निःशुल्क हवाई टिकट, प्रवेशाज्ञा भएको मागलाई मात्रै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ । यो निणर््ँय कार्यान्वयनमा आएस“गै वैदेशिक रोजगारीमा जाने कामदारले आवधिक जीवन बिमा, अभिमूखीकरण्ँ तालिम, स्वास्थ्य परीÔण्ँ शुल्क र कल्याण्ँकारी कोÈको शुल्कमात्रै बुझाउनुपर्नेछ । 
 
 
त्यस्तै, कामदार आपूति र्गरेबापत विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्रै यहा“का म्यानपावर कम्पनीले रु १० हजारसम्म कामदारबाट सेवा शुल्क लिन पाउनेछन् । नया“ व्यवस्था लागू भएपछि रु १० हजार देखि रु २० हजारको हाराहारीमा मात्रै कामदारले यी सात मुलुकमा जा“दा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने हुन्छ । यसअघि नेपाली कामदार रु एक लाखभन्दा बढी तिरेर रोजगारीमा जा“दा गएको लागत खर्च उठाउनै वर्Èदिन लाग्ने अवस्थाले कामदार मारमा पर्दै आएका थिए । सरकारलेनै मलेसियामा रु ८० हजार, खाडीमुलुकमा रु ७० हजारसम्म अधिकतम उठाउन पाउने व्यवस्था गरिदिएको थियो । अधिकांश म्यानपावर कम्पनीले निःशुल्क टिकट र प्रवेशाज्ञा ल्याएपनि कामदारमार्फत अवैधानिक रकम असुलिरहेका थिए । नया“ व्यवस्थाले वर्Èेनी करिब रु पचास अर्ब सर्वसाधारण्ँ नेपालीको जोगिने मन्त्रालयको भनाई छ ।
 
 
 गन्तव्य मुलुकको रोजगारदाताले कामदार आपूति गर्न नेपालस्थित अनुमति पाएको संस्थालाई हवाई टिकट, सेवा शुल्कलगायतका लागि उपलब्ध गराउने रकम सम्बन्धित संस्थाको नाममा नेपालस्थित बैंक खातामा जम्मा गरी तदनुरुप आम्दानी तथा खर्चको विवरण्ँ राख्नुपर्नेछ । वैदेशिक रोजगार व्यवसायी सङघका अध्यÔ विमल ढकालसहितको टोलीले आइतबार श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई भेटी तत्काल निणर््ँय कार्यान्वयन नगर्न माग गरेका छन् । तर मन्त्रीले कुनै पनि हालतमा निणर््ँय फिर्ता नहुने बताउ“दै आएका छन् ।
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by