आमाले गरिन ३ छोरीको हत्या, बाबु प्रहरी हिरासतमा

img-featured

एजेन्सी, ११ साउन ।

एक महिलाले आफ्ना ३ नावालक छोरकिो हत्या गरेकी छन् । उनले धारिलो हतियार प्रयोग गरी आफ्ना छोरीहरुको हत्या गरेकी हुन । यो घटना भारतको झारखण्ड राज्यमा घटेको घटना हो । झारखण्डको लातेहार जिल्लाको रहताखण्ड गाउँमा तीनै छोरी सुतिरहेको समयमा ती महिलाले हत्या गरेको बिबिसि हिन्दिले जनाएको छ ।

छोरहिरुको हत्या पछि महिलाले पनि आत्महत्याको प्रयास गरेकी छन् । छोरीको हत्या पछि बिष सेवन गरेर इनारमा हाम फालेकी ति महिलालाई स्थानियले उद्धार गरेका छन् । आशादेवी नामकी ती महिलाई झारखण्डकै एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको समाचारमा उल्लेख छ । बिबिसिका अनुसार तीन बालिकाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।

महिलाका पतिले छोरा नजन्माएको भन्दै बारम्बार प्रताडित गर्दै आएका कारण यो घटना घटेको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ । सोही कारण उनले छोरीहरुको हत्या गरेर आत्महत्याको प्रयास गरेको प्रहरीको ठहर छ । घटनालगत्तै केहीबेर बेपत्ता भएका ती महिलाका पति सुदामा सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ

 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by