नेप्सेले तोड्यो ०६५ भदौ १५ को रेकर्ड, सूचक हालसम्मकै उच्च

 

२३ दिनमै २२९ अंकले बढेर ११९२ अंक चुम्यो

 

 बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीब ढाउने नीति सार्वजानिक भएको २३ कार्यदिनमै नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ ।

०६५ भदौ १५ गतेको ११७५ को रेकर्ड तोड्दै बुधबार नेप्से ११९२ अंकमा पुगेको छ । त्यसबेला डा. चिरञ्जीबी नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए भने हाल उनी राष्ट्र बैंकका गभर्नर छन् ।

Untitled-2बुधबारको समुहगत सबै उपसूचकहरु बढेका छन् । बुधबार नेप्सेमा १ सय ३९ कम्पनीको १२ लाख २३ हजार कम्पनी कित्ता सेयर ६६ करोड ७७ लाख रुपैयाामा किनबेच भयो ।

राष्ट्र बैंकले गत साउन ७ गते आगामी दुइवर्षभित्र बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी चार गुणाले बढाउनु पर्ने व्यवस्थासहितको मौदि्रक नीति सार्वजानिक गरेको थियो । जसअनुसार ०७४ सम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने छ ।

चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता, केही सातामै नयाँ संविधान आउने आशा र आर्थिक वर्ष २०७१/०७२ को बैंक तथा वित्तीय संस्थाहरुको सन्तोषजनक नाफा रहेको वित्तीय विवरणले नेप्से बढाएको हो ।

पुँजी बढाउनु पर्ने बाध्यताले बैंक तथा वित्तीय संस्थाले बोनस सेयर दिने अपेक्षामा सेयर बजार उछालिएको विश्लेषकहरु बताउँछन् । यो वर्ष थोरै चुक्ता पुँजी भएका र नाफा धेरै भएका बैंकहरुले ५० प्रतिशतसम्म बोनस सेयर दिनसक्ने आँकलन गरिएको छ ।

त्यस्तै, अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७१/०७२ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । प्रकाशित वित्तीय विवरणमा बैंकहरुको नाफा सन्तोषजनक नै पाइएको छ । नाफामा भूकम्पले असर गर्ने अनुमान गरिए पनि  ०७२ असार मसान्तमा भने खासै असर पुर्‍याएको देखिएन । सामान्य अवस्थामा पनि संस्थाहरुले वित्तीय विवरण चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशति गर्ने समयमा सेयर बजार बढ्ने गर्थ्यो ।

लामो समयदेखि बन्न नसकेको नयाँ संविधान आगामी केही सातामा घोषणा गर्ने दलहरुबीच सहमति भएपछि त्यसको प्रभाव पुँजी बजारमा देखिएको विश्लेषण गरिएको छ ।  तर, अहिलेको पुँजी बजारकेा वृद्धि दीर्घकालसम्म नरहने विश्लेषकहरुको तर्क छ ।

- See more at: http://www.onlinekhabar.com/2015/08/314227/#sthash.Nf7qpAdR.dpuf

२३ दिनमै २२९ अंकले बढेर ११९२ अंक चुम्यो

२०७२ भदौ २ गते १४:३९ मा प्रकाशित
 43  13 
 
  0

२ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीब ढाउने नीति सार्वजानिक भएको २३ कार्यदिनमै नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ ।

०६५ भदौ १५ गतेको ११७५ को रेकर्ड तोड्दै बुधबार नेप्से ११९२ अंकमा पुगेको छ । त्यसबेला डा. चिरञ्जीबी नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए भने हाल उनी राष्ट्र बैंकका गभर्नर छन् ।

Untitled-2बुधबारको समुहगत सबै उपसूचकहरु बढेका छन् । बुधबार नेप्सेमा १ सय ३९ कम्पनीको १२ लाख २३ हजार कम्पनी कित्ता सेयर ६६ करोड ७७ लाख रुपैयाामा किनबेच भयो ।

राष्ट्र बैंकले गत साउन ७ गते आगामी दुइवर्षभित्र बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी चार गुणाले बढाउनु पर्ने व्यवस्थासहितको मौदि्रक नीति सार्वजानिक गरेको थियो । जसअनुसार ०७४ सम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने छ ।

चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता, केही सातामै नयाँ संविधान आउने आशा र आर्थिक वर्ष २०७१/०७२ को बैंक तथा वित्तीय संस्थाहरुको सन्तोषजनक नाफा रहेको वित्तीय विवरणले नेप्से बढाएको हो ।

पुँजी बढाउनु पर्ने बाध्यताले बैंक तथा वित्तीय संस्थाले बोनस सेयर दिने अपेक्षामा सेयर बजार उछालिएको विश्लेषकहरु बताउँछन् । यो वर्ष थोरै चुक्ता पुँजी भएका र नाफा धेरै भएका बैंकहरुले ५० प्रतिशतसम्म बोनस सेयर दिनसक्ने आँकलन गरिएको छ ।

त्यस्तै, अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७१/०७२ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । प्रकाशित वित्तीय विवरणमा बैंकहरुको नाफा सन्तोषजनक नै पाइएको छ । नाफामा भूकम्पले असर गर्ने अनुमान गरिए पनि  ०७२ असार मसान्तमा भने खासै असर पुर्‍याएको देखिएन । सामान्य अवस्थामा पनि संस्थाहरुले वित्तीय विवरण चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशति गर्ने समयमा सेयर बजार बढ्ने गर्थ्यो ।

लामो समयदेखि बन्न नसकेको नयाँ संविधान आगामी केही सातामा घोषणा गर्ने दलहरुबीच सहमति भएपछि त्यसको प्रभाव पुँजी बजारमा देखिएको विश्लेषण गरिएको छ ।  तर, अहिलेको पुँजी बजारकेा वृद्धि दीर्घकालसम्म नरहने विश्लेषकहरुको तर्क छ ।

 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by