संघीयता स्वीकार गर्नु नै गल्ती थियो

संघीयता स्वीकार गर्नु नै गल्ती थियो

 


लालबाबु यादव 

त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्रका सहप्राध्यापक लालबाबु यादव विज्ञहरुको कोटावाट संविधानसभाका सदस्य पनि हुन् । नेपालको सन्दर्भमा संघीयता आवश्यक नठान्ने उनी तराईमा एक मधेसप्रदेशको आन्दोलन चलिरहेका बेला त्यसको विपक्षमा  विचार दिइरहेका थिए । अहिले तिनै मधेसी दलका नेताहरुले जानकी मन्दिरको भेटीले मात्रै प्रदेश नचल्ने वताएर पहाडलाई पनि मिलाउनु पर्ने वताइरहेका वेला प्रदेशको सिमाङ्कन लगायतका विषयमा उनीसँग कुराकानी गरेर तयार गरिएको आलेखः 

विश्वका २८ वटा देशमा संघीयता छ । ति देशका संघीयतामा प्रदेश छुट्याउँदा यस्तो हचुवाको भरमा कहीं पनि भएको छैन । जहाँ प्रेसरमा काम गरियो त्यहाँ द्वन्द्व समाधान भएको छैन । अलि मिलाएर गरिएको ठाउँमा द्वन्द्व केही कम भएको छ । तर, द्वन्द्व सवै रुपमा संघीयताले ठीक हुन्छ भन्ने होइन । हामीले काठमाडौंमा बसेर संघीयताको कुरा गर्यौं । मधेसका जनताको माग के छ त्यो पनि यहीं बसेर भन्यौं । जनताको भावनालाई बुझिएन । हरेक पोलिटिकल पार्टीका नेताले आफ्नो स्वार्थलाई कसरी मिलाउने भनेर काम गर्नु भयो । तर, एउटा कुरा उहाँहरुको सकारात्मक पाटो के हो भने यही अन्तिम होइन संविधानसभाले एउटा खाका दिएको हो, त्यो खाका मिलाउन सकिन्छ भन्नुभएको छ । 

० वच्चालाई एकछिन् काखमा राखेर वा प्रेमी प्रेमिका अंकमाल गरेर एकछिन् भावनात्मक आनन्द लिन त सकिएला तर, त्यसले जीवन त चल्दैन । एक मधेस प्रदेश भन्ने साथीहरुको अहिलेको हालत त्यही हो |
 

मधेसको नाममा आन्दोलन गरिरहेका साथीहरु पहिला हामीलाई एक मधेशप्रदेश चाहिन्छ भन्नुहुन्थ्यो । अहिले मधेसप्रदेश मात्र चल्दैन पहाड पनि मिलाउनु पर्छ भन्न थाल्नुभएको  छ । वास्तविकता बुझेर अगाडी बढिरहनुभएको छ । हामी यसलाई नकारात्मक रुपमा नलिउँ । संविधानसभाबाट  संविधान घोषणा हुन दिउँ । संविधान आइसकेपछि फेरि बसेर मिलाउँला । 

संघीयताको विषय राजनीतिक नेताले टुंङ्ग्याउने विषय नै होइन । यो त विज्ञले गर्नुपर्ने काम हो । सिमाङ्कन, प्रदेशहरुको सम्वन्ध लगायतका विषहरुमा विज्ञहरुले अध्ययन गरेर रिर्पोट पेश गर्ने र त्यो रिर्पोटमा अध्ययन, छलफल गरेर त्यसलाई अन्तिम रुप दिनु पथ्र्यो । तर, त्यसपछि पनि समाधान हुन्छ भन्ने होइन । अमेरिका, भारत र क्यानडामा हेर्नुस त्यहाँ द्वन्द्व समाधान भएको छैन । अहिले पनि द्वन्द्व छ । 
संघियताले समस्या कम गर्छ त भनिएला तर, समाधान गर्न सक्दैन । जस्तो अहिले भारतमा हेर्न सकिन्छ । चण्डीगढ, कास्मिर, गोर्खाल्याण्ड र कावेरी नदीमा समस्या छ । यस्तो समस्या अमेरिकामा पनि छ । विकसित प्रदेशहरुले अविकसितसँग मिसियो भने आफ्नो अवसर जान्छ भन्छन् । जर्मनीमा धनी प्रदेशहरु गरिव प्रदेशलाई पैसा दिन चाहँदैनन् भनेर त्यसको विरोध भइरहेको छ । संघीयताले द्वन्द्व निवारण गर्ने म देख्दिनँ । रुवाण्डामा पनि त्यही स्थिति छ । 

संघीयता भनेर हामीले जतिबेला भन्यौ, त्यसबेला बुद्धि पुगेन । संघीयताको कुरा आयो भन्दैमा विना सोचविचार स्वीकार गर्नु गल्ती हो । यसलाई त्यही वेला रोक्न सक्नुपथ्र्यो । जे नहुनु त्यो भइहाल्यो । भीडसँग सोचविचार भन्दा इमोशन बढी हुन्छ । त्यतिवेला नेता पछाडी र जनता अगाडी भयो । त्यो प्रेसरमा गरिएको सहमति थियो । तर, बल्ल अहिले वास्तविकता बुझ्दै जान थालेका छन् जनताले पनि । यसैगरी बुझ्दै अगाडी जानु राम्रो हो । 

० सिमाङ्न रानीतिक नेता र राजनीतिक दलको विषय होइन । जसले आन्दोलन गरिरहनुभएको छ वहाँहरुको पनि यो विषय होइन |

सिमाङ्न रानीतिक नेता र राजनीतिक दलको विषय होइन । जसले आन्दोलन गरिरहनुभएको छ वहाँहरुको पनि यो विषय होइन । यो त एउटा भौगोलिक विषय हो । भूगोलका विज्ञहरु बस्नुपर्यो । २०३१ सालमा पाँच विकास क्षेत्रको विभाजन राजा विरेन्द्रले गरेको होइनन् नि । त्यो त डा. हर्क गुरुङ्ले गरेका थिए । सूर्यबहादुर, लोकेन्द्र बहादुर वा किर्तिनिधि विष्टले गरेको होइनन् । त्यो त विज्ञ हर्कले गरेको हो । यहाँ त राजनीति, पनि नेताले हेर्ने आर्थिक अध्ययनको विषय पनि नेताले हेर्ने र संघीयता पनि नेताले हेर्ने हुँदै आयो । विकेन्द्रिकरण नेताले हेर्ने, विज्ञान, प्रविधि सवै राजनीतिज्ञले हेर्ने । विश्वमा कहिं नभएको कुरा हामी गर्दै छौं । नेताका पछि भीड हुन्छ, फरक फरक भीडका स्वार्थ त्यसमा टकराउँछन् । सत्य एउटा हुन्छ त्यतातिर कसैको ध्यान जाँदैन । यो राजनीतिसँग सम्बन्धित विषय भन्दा विकास, समृद्धि र उन्नतीसँग सम्बन्धित विषय हो । 

पहिला हामी सेन्टिमेन्टल भयौं । मधेश आन्दोलनकारी, बाहुन क्षेत्री, वा जनजाति पनि । अहिले हामी डेभलपमेन्टल भयौं । सेन्टिमेन्टले मायाँ प्रेम चल्ने हो । वच्चालाई काखमा राख्नुस् हाँस्छ खेल्छ, अनि हामी आनन्दित हुन्छौं । तर, आज हामीले खोजेको आनन्द यस्तो सेन्टिमेन्टल आनन्द होइन नि । वच्चा काखमा खेलाएर वा प्रेमी प्रमिका अंकमाल गरेर आनन्द उठाए मात्रै त जीवन चल्दैन । वच्चालाई दूध नखुवाए बाँच्न पनि सक्दैन र वृद्धिविकास पनि हुँदैन । प्रेमी प्रेमिकाले बिहे गर्लान् त्यसको भोलिपल्टदेखि उनीहरुलाई खुसी भएर जीवन अघि बढाउने आधार त चाहिन्छ । पहिचानका कुरा गर्ने साथीहरुले अहिले त्यही सेन्टिमेन्टल आनन्दको कुरा गर्नु भएको हो । हिजो त्यही सेन्टिमेन्टमा गएर कतिपय सम्झौता भए त्यस अनुसार अघि बढियो भने आज चल्दैन । 

संघीयता आन्दोलनका वेला हामी सेन्टिमेन्टल थियौं । अहिले आएर विकसित हुन थालेका छौं । हिजो मधेस मात्रै राखेर प्रदेश भए कस्तो हुन्थ्यो ? फलाना फलाना जातीको प्रदेश भए कस्तो पहिचान हुन्थ्यो भन्ने कुरा थियो । आज आएर हेर्दा त्यसो होइन रहेछ । त्यो फगत भावनात्मक कुरा रहेछ भन्ने मात्रै देखियो । 

मधेसमा मधेस मात्र भएर विकसित र आत्मनिर्भर हुन सक्दैन, पहाडको पानी चाहिन्छ, विजुली चाहिन्छ । हिमालको जडिवुटी चाहिन्छ । र हिमाल र पहाडलाई पनि उद्योग र कृषि चाहिन्छ । त्यो कुरा मधेसको मात्रै प्रदेश भन्नेहरुले पनि बुझिसकेपछि अहिले मधेसका नेताहरुले हामीलाई सवैभन्दा गरिव हुने प्रदेशले हुँदैन पहाड पहाड पनि चाहियो भन्नु भएको छ । बल्ल उहाँहरु ठीक ठाउँमा आउनु भएको छ  । हिमालको एक बोरा यार्सागुम्वाको करोड रुपिंयाँ पर्छ । एक ट्रक चामलको एकलाख मात्र पर्छ । मधेशमा बस्ने मधेसीको पनि हिमाल हो । हिमाल र पहाडमा बस्ने मानिसको पनि मधसश तराई हो । 

० संघीयता सोचविचार गरेर आएको विषय होइन, त्यसवेला गल्ती भयो । बल्ल अहिले वास्तविकता बुझ्दै जान थालेका छन् जनताले पनि 

म मधेसकेन्द्रित राजनीति गर्ने दलका नेताहरुलाई निवेदन गर्न चाहन्छु कि जुन वेला तपाईहरुले मधेस आन्दोलनको कुरा गरेर एक मधेस एक प्रदेस भन्नुहुन्थ्यो । मैले त्यतिवेला यो मिल्दैन, व्यवहारिक छैन, मधेसका लागि यो घाटा हो भनेको थिएँ । वहाँहरुले मलाई खुव गाली गर्नुभयो । आज वहाँहरुले एक मधेस प्रदेश छोड्नुभयो । वहाँले बुझ्नुभयो एक मधेस प्रदेश हुन्न भनेर । मलाई त्यतिवेला पहाडियाबादी भनियो । आज त वहाँहरुले पनि धानखेतीमा बाढी पस्छ अनि जानकी मन्दिरको भेटीले प्रदेश चल्दैन भन्नुहुन्छ । ढिलै भए पनि सत्य बुझिदिएकामा मलाई खुसी लागेको छ । अव पनि उहाँहरुले यस्तै सेन्टिमेन्ट खोजेर उपद्रव मच्चाउने र त्यसमा आफ्नो राजनीतिक स्पेश बन्ने जुन गलत वाटो छ त्यसलाई छोड्नु पर्छ । 

हिमाल,पहाड र मधेश मिलाएर गर्यौ भने त्यसले हामी सवैलाई अवसर जुटाइदिन्छ । अहिले मधेसमा जुन हिसावले आन्दोलन गरिएको छ यो बडा विचित्र र बुझिनसक्नुको छ । मधेसका नेताहरुले जनजातिलाई पनि जोड्नुभएको छ, खस पनि जोड्नुभएको छ । तनहुँ जानुहुन्छ, इलाम जानुहुन्छ र जहाँ आगो वल्यो त्यहाँ घिउ फालिहाल्नुहुन्छ । मधेशको कुरा गर्नुहुन्छ भने किन इलाम, तनहुँ जानुपर्यो ? किन जनजाति खससँग मिल्नुपर्यो ? यदी खस, जनजातिसँग मिल्नुभएको छ भने तपाईको एजेण्डा के ? एजेण्डा त क्लियर हुनुपर्यो नि । 

मधेशका नेताहरुनै कन्फुयज छन् । एकातिर पहाड पनि चाहिन्छ भन्छन् अर्कोतिर कार्यकर्तालाई आन्दोलनमा उतारेका छन् । हामी जनताले बुझ्नुपर्छ, संघीयतालाई राम्रोसँग लागू गर्न सक्यो भने त्यसले सम्वृद्धि पनि हुन सक्छ, यदि त्यसको सहि व्यवस्थापन भएन भने असफल पनि हुन्छ । हचुवाका भरमा गरियो भने देश द्वन्द्वमा फस्छ र गृहयुद्ध हुन्छ । 

भारतमा सन् १९५१ मा संविधान घोषणा भयो । त्यतिवेला संविधानमा संघीयता भन्ने शव्द नै थिएन । नेहरुले त्यसपछि एउटा आयोग बनाए । ६ वर्षपछि १९५६ मा आयोगले रिर्पोट पेश गर्यो । त्यसपछि बल्ल भारत संघीयतामा गएको हो । सन् १९३५ मा व्रिटिस सरकारले चार वटा संघीय प्रदेश बनाएको थियो । अमेरिकामा १३ साना साना राज्य थिए । जर्मनीमा फ्रेन्च, व्रिटेन र अमेरिकन क्लोनिहरु थिए । तिनिहरुलाई ल्याएर संघियता बनाइएको हो । हामी त नयाँ छांै । फेरि यहाँ विभिन्न राष्ट्रियता जोडेर बनेको देश होइन यो । भारतमा ब्रिटिश साम्राज्य छंदा नेपाल स्वतन्त्र राष्ट्र थियो । यहाँ त बनाउन लागेको संघीयता हो । यस्तोमा हतारमा काम गर्यो भने समस्याको समाधान पनि हँुदैन । संघीयता पनि बन्दैन । यो त आयोगबाट लामो प्रक्रियाबाट अगाडी बढाउने विषय हो । 

० जापान, चीन, वेलायत, फ्रान्समा संघीयता छैन, ती मुलुकहरु आज कहाँ पुगेका छन ? संघीयता समृद्धि र अवनतिको मानक होइन । संघीयताले सम्वृद्धि हुने भए रुवाण्डा र पाकिस्तान सम्वृद्ध हुनुपथ्र्यो नि भएनन् |

संघीयता भनेको विकेन्द्रिकरण, आफ्नै नियम, पहिचान हो ।  अमेरिकामा ‘कमिङ टुगेदर’ हो । भारतमा ‘होल्डिङ्ग टुगेदर’ हो । क्यानडामा ‘गेटिङ्ग टुगेदर’ हो । संघीयता नभएका संसारका २ सय देशमा केही छैन त ? छ नि । 

संघीयताको माग उठ्नुको एउटा कारण मधेसीलाई हेर्ने शासकहरुको गलत दृष्टिकोण हो । त्यसैले संघीयताको कुरा अलि पहिल्यैदेखि मधेशबाट उठेको हो । शासकहरुले मधेसीहरुलाई पहिचान दिएनन् । तर, यो अन्य ठाउँमा देखिएको समस्या होइन, राजधानीमा देखिएको समस्या हो । मधेसीहरुलाई भारतीय भन्ने, मस्र्या भन्नुको परिणाम हो । पहिलेदेखि यसको व्यवस्थापन भइदिएको भए यो लफडा हुँदैनथ्यो । हामी त धेरै मिल्न चाहेका छौं ।
 
संघीयता नभएका मुलुकहरु पनि सम्वृद्ध हुनसक्छन् । जापान, चीन, वेलायत, फ्रान्समा संघीयता छैन । ती मुलुकहरु आज कहाँ पुगेका छन ? संघीयता समृद्धि र अवनतिको मानक होइन । संघीयताले सम्वृद्धि हुने भए रुवाण्डा, पाकिस्तान सम्वृद्ध हुनुपथ्र्यो नि भएनन् । आज ति मुलुकहरुको अवस्था हेर्नोस् त । संघीयता र विकास अलग कुरा हो । संघीयता र गणतन्त्र अलग कुरा हो, संघीयता र सुरक्षा अलग विषय हो । यसलाई संघीयतासँग जोड्न मिल्दैन । 

राजनीतिले संघियता चल्दैन । त्यसको लागि आर्थिक चाहिन्छ । अहिले कर्णालीमा आन्दोलन गरिरहनुभएको छ । कर्णाली स्वायत्त प्रदेश भनिरहनुभएको छ । त्यो कसरी चलाउनुहुन्छ त्यो म भन्न सक्दिन । वहाँहरु संग प्राकृतिक श्रोत त छ तर, पैसा छैन । त्यसकारण आवेगका भरमा माग गर्नु ठीक होइन । मेधसको कुरा पनि त्यस्तै हो । श्रोत र साधन छैन । कर्णालीका जनताले काठमाडौको मुनाफा पनि पाउन सक्नुपर्छ । कर्णालीको प्राकृतिक श्रोत साधन रौतहट र विराटनगरको मानिसले पनि पाउनुपर्यो । यसो गर्नुको विकल्प छैन । हामी त्यति विकसित भएका छैनौ । हामी आत्मनिर्भर रहेर स्वायत्तता चलाउन सक्दैनौं । 

मधेशको जनताले मधेशको राजनीति गर्ने दलका नेताहरुलाई राम्रोसँग चिनिसकेका छन्  । हामीले पहिलो र दोस्रो संविधानसभा निर्वाचनको परिणाम हेर्यौ भने पनि बुझ्न सक्छौं । तर, मैले बुझ्न नसकेको कुरा जसले मधेसको कुरा गर्दैन उसका कुरा हाम्रा मधेशी दाजुभाइहरुले सुन्नुहुन्छ । तर, जसले मधेसका मुद्दा उठाउँछ उसका कुरा सुनुहुन्न । मधेशका कुरा गर्ने दलको चरित्र हेरौं न । संघीयता सम्वन्धी आयोग, संविधानसभा र अन्य कुनै पनि मनोनयन गर्ने ठाउँमा ल्याउनुपर्यो भने ति दलका नेताले काठमाडौको नेवार, र काठमाडौको ठूला घरानियालाई ल्याउनुहुन्छ । त्यस्ता नेताहरुको कुरा मधेसका जनताले पत्याउनुहुन्छ । मैले मधेशको हितको कुरा गर्दा मलाई पत्याउनुहुन्न । मधेसको कुरा गर्नुहुन्छ, काठमाडौमा घर घडेरी जोड्नुहुन्छ । छोराछोरी काठमाडौमा राखेर पढाउनुहुन्छ । मन्त्रीमण्डलमा बस्नुहुन्छ । अनि साधारण जनतालाई पहाडियाको विरोधमा लगाउनुहुन्छ । यसको अर्थ के हो ? यो व्यक्तिगत स्वार्थ हो कि समुदायको फाइदा हो ? 

अहिले काग्रेस र एमालेले सरकारमा नलगेर उनीहरु नगएका हुन् । खाली जनतालाई ढाँटेर राजनीति गर्ने । जनताहरुले पनि अब सहि को हो गलत को हो छुट्टाउनुपर्छ । 

प्रस्तुतीः मुकेश पोखरेल

-

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by