युवा स्वरोजगार लगानीमा ५ प्रतिशतमा समस्या

 

ओखलढुंगा, फाल्गुन २२ - यहाँको विलन्दुस्थित ककनी गौरीवन सहकारीले युवा स्वरोजगार कोषबाट फुलबारी ५ का लव लुइँटेललाई १ लाख लगानी गरे । तर उनी ऋण फिर्ता नगरी नै विदेश गए । सोही सहकारीबाट ७० हजार ऋण लिएका दिलकुमार विक पनि विदेश हान्निए ।

पब्लिक बचत तथा ऋण सहकारी उँबुले लगानी गरेको सदस्यको अचानक मृत्यु भयो । 'बिमा गर्ने नियम थाहै नपाई ऋणीको मृत्यु भयो ।' पब्लिक सहकारीका प्रबन्धक कल्याण राईले भने, 'पशु र कृषि व्यवसायबाट भने असुल गर्न अलि समस्या छ ।'

उल्लेखित घटना प्रतिनिधि समस्या हुन् । तीन वर्षदेखि युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी भएको कुल कर्जाको ५ प्रतिशतमा समस्या देखिएको छ । 'सरकारको पैसा त हो जहिले तिरे पनि हुन्छ भन्ने मानसिकताबाट कतिपय प्रेरित छन् ।' कोषका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले भने, 'सहकारीबाट लगानी गरिएकामा कम समस्या छ ।'

कोषले यहाँको सात वटा सहकारीमार्फत २ करोड २५ लाख लगानी गरेको छ । लगानीबाट २ सय ३६ ले रोजगारी पाएको तथ्यांक छ । सुरुमा उद्योग वाणिज्य संघको सहकार्यमा परिचालित कोष हाल प्रमुख जिल्ला अधिकारीको संयोजनमा सञ्चालित छ । ऋण नतिर्ने ऋणीलाई कानुनको दायरामा ल्याउन सहज हुने भएकाले पनि प्रजिअअन्तर्गत ल्याइएको उपाध्यक्ष रेग्मीले बताए ।

कोषबाट युवा व्यवसायीलाई बढीमा २ लाखसम्म लगानी गर्न पाउने नियम रहेको छ । उक्त नियमावली संशोधन गरी ५ लाखसम्म पुर्‍याउने तयारी कोषले गरेको छ । कृषि तथा पशु व्यवसायका लागि १२ महिने कर्जा असुली म्यादलाई लम्ब्याएर ३६ महिने पुर्‍याइने जनाएको छ ।

आर्थिक रूपले विपन्न र पछाडि पारिएकालाई रोजगारी दिने उद्देश्यले कोष गठन भए पनि ऋणमा पहुँचवालाको हालीमुहाली रहेको गुनासो छ । कोषले लगानी गरेको रकम भारतीय सीमा क्षेत्र, कणर्ाली अञ्चल र काठमाडौं उपत्यकाभित्र जोखिममा रहेको कोषका उपाध्यक्ष रेग्मीले बताए ।

 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by