सकिने बेलाको अहङ्कार

हिरण्यकश्यपुदेखि गिरिजाप्रसाद र राजा ज्ञानेन्द्रसम्मको अहङ्कार जसरी चूर भएको थियो ‘चार नेता’को हालत पनि त्यस्तै हुने दिन नजिकिएको आभास हुँदै छ ।

1160
 
13
 
 
1183
 
  • देवप्रकाश त्रिपाठी

      

Dev-prakash-tripathi-2  कुनै मानिसको शक्ति, मान, प्रतिष्ठा र हैसियत समाप्त हुनुअघि उसमा अहङ्कार पैदा हुने हो कि अहङ्कार पैदा भएपछि मानिस सकिने हुन्, यस प्रश्नको जवाफ पाउन सजिलो छैन । हैसियत विसर्जन हुनुअघि संसारको इतिहासमा धेरै मानिसमा अहङ्कार भएको देखिन्छ र वर्तमान इतिहासका नेपाली राजनीतिकर्मी अगुवाहरूमा पनि ठीक त्यस्तै तहको अहङ्कार प्रकट हुन थालेको छ ।  

नेपाली जनताको सर्वाधिक ठूलो हिस्साका विपरीत जाने ‘साहस’ जुन चार दलका प्रमुख नेताहरूले दर्शाएका छन्, यसले उनीहरूमा रहेको अहङ्कारलाई सतहमा ल्याइदिएको छ । पञ्चायती व्यवस्थाका आखिरी दिनहरूमा पञ्च नेता, राजा र राजाका वरिपरि रमाउनेहरू जनतासमक्ष जसरी प्रस्तुत हुने गर्दथे, अहिले चार दलका प्रमुख नेताहरूको प्रस्तुति र मनोविज्ञानमा तात्िवक अन्तर भेटिँदैन । सत्ताको उन्मादले तिनलाई जस्तो बनाएको थियो र बाहिरबाट हेर्नेहरूले पञ्चायतका अगुवाहरूलाई जस्तो देख्थे, ठ्याक्कै त्यही काँटी, कोटी र शैलीमा चार दलका अगुवाहरूलाई देख्न थालिएको छ ।

हो, धनको सत्ता, राजनीतिको सत्ता र ज्ञानको सत्ताले मानिसलाई अहङ्कारी बनाउँछ भन्ने तथ्यबारे आममानिस अनभिज्ञ छैनन् । ज्ञानको सत्ताप्राप्त व्यक्तिको उन्मादले ऊ आफैँलाई मात्र सिध्याउँछ भने धनको सत्ताका मालिकले परिवार मात्रलाई क्षति पु-याउन सक्छ, तर राजनीतिक सत्ताका मालिकमा पैदा हुने अहङ्कारले मुलुक नै बर्बाद गर्न सक्छ– ऐतिहासिक तथ्यहरूले पनि यस्तै देखाएको छ । ‘म जे पनि गर्न सक्छु’ भन्ने सोच साधारण नागरिक तहका व्यक्तिमा उत्पन्न हुँदा उसको आत्मविश्वासले उसलाई नामी, दामी र प्रतापी बन्ने अवस्थासम्म पु-याउन सक्छ ।

सत्ता अहङ्कारले अग्नि बनेका अगुवाहरू आफ्नो रक्षाका निम्ति देशलाई दाउमा राख्छन् भने त्यस्ता अहङ्कारीहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने जानकारी नेपाली जनतालाई छ । त्यसैले प्राचीन कालदेखि अहिलेसम्म, हिरण्यकश्यपुदेखि गिरिजाप्रसाद र राजा ज्ञानेन्द्रसम्मको अहङ्कार जसरी चूर भएको थियो ‘चार नेता’को हालत पनि त्यस्तै हुने दिन नजिकिएको आभास हुँदै छ ।

राजनीतिमा छ भने त्यस्ता व्यक्ति सत्ताको केन्द्रबिन्दुसम्म पुग्न पनि सक्छन्, तर सत्तामै रहेका व्यक्तिमा ‘म जे पनि गर्न सक्छु’ भन्ने भाव पैदा भयो भने त्यस्तो व्यक्तिको पतन नजिकिएको बुझ्नुपर्छ । बालीको पतनमा रामको छलकपटभन्दा बढी जिम्मेवार उनको आफ्नै दम्भ थियो । दुर्योधन र रावणको पतनमा पनि तिनका आफ्नै अहङ्कार कारण बनेर आएको हो ।

आधुनिक युगका हिटलर, मुसोलिनी, सद्दाम हुसेन, कर्णेल कद्दाफी र मार्कोसदेखि पोलपोटसम्मको पतनमा तिनको अहङ्कार प्रमुख कारण बनेका थिए । नेपाली नेताहरूमा पनि बेलाबखत अहङ्कार निकै भारी भएर प्रकट हुने गरेको छ र त्यसले सम्बन्धित व्यक्ति या पक्षलाई नराम्रोसँग दण्डित पनि गरेको छ ।

०५१ मा संसद्मा बहुमत प्राप्त हैसियतका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामा उत्पन्न अहङ्कारले उनमा दुईतिहाई बहुमत प्राप्त गर्न सक्ने ‘आत्मविश्वास’ पैदा गरायो, कोइराला आफैँले गराएको निर्वाचनमा काङ्गे्रसलाई संसद्को दोस्रो शक्तिमा परिणत गरिदियो ।

त्यसताक गिरिजाप्रसादमा ‘म जे पनि गर्न सक्छु’ र ‘म जहिले र जसरी पनि सफल हुनसक्छु’ भन्ने अहङ्कारजन्य भ्रम थियो । उनी कसैलाई देख्दैनथे–गन्दैनथे, आफ्नै पार्टीका नेताहरू कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई समेत उनी परचक्री ठान्थे र उहाँहरूलाई आफ्नो हैसियत देखाइदिन गिरिजाप्रसाद मध्यावधि निर्वाचनमा गएका थिए । गिरिजाको अहङ्कारको परिणाम भोग्न उनले लामो प्रतीक्षा गर्नै परेन ।

०६२ को राजनीतिक परिवर्तनपश्चात् सर्वशक्तिमान बनेका गिरिजाप्रसादमा उत्पन्न उन्माद स्मरणयोग्य छ । त्यसबेला कोइरालामा आफूले चाहे जेसुकै गर्न सक्ने भाव पैदा भएको थियो । तात्कालिक राजा ज्ञानेन्द्रले ‘पीएम तपाईंलाई जनताले भ्रष्टाचारी भन्दारहेछन्’ भनी भनेका कुराले कोइरालालाई क्रूद्ध तुल्याएको रहेछ ।

उनी बदला लिने मुडमा थिए र तात्कालिक राजा ज्ञानेन्द्रलाई विस्थापित गरेर राष्ट्रप्रमुख बन्ने सपना उनले देखेका थिए । त्यसैले बीपी कोइरालाको मार्गदर्शनभन्दा बाहिर जानु गम्भीर गल्ती हुने भनी शुभचिन्तकहरूले दिएको सुझावलाई अहङ्कारले ग्रस्त कोइरालाले कहिल्यै सुनेनन् ।

बीपीका विचारबाट च्यूत भएर माओवादीसँग लपक्कै मिल्नुको परिणाम आज काङ्गे्रस, प्रजातन्त्र र देशले भोगिरहेको छ । मैले ०६३ को साउन २२ गते अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा सुजाता कोइरालालाई साक्षी राखेर केही सुझाव दिने दुस्साहस गरेको थिएँ । मेरा सुझावलाई राम्ररी सुने, कुरा सही हुन् पनि भने, तर दम्भले ग्रस्त कोइरालाले आफ्नो हठ छोड्ने सङ्केत दिएनन् ।

काङ्गे्रस र प्रजातन्त्रको खति यस प्रकारले हुँदै छ भन्दा पनि उनले खासै गम्भीरता दर्शाएनन् । कृष्ण सिटौला र डा. शेखर कोइरालालाई गल्तीका निम्ति जिम्मेवार भन्नचाहिँ उनी हिचकिचाएनन् । हिंसात्मक युद्धमा रमेका माओवादीलाई घोडा बनाएर सवार गर्न सफल भएको ठान्ने कोइरालाले राजालाई हटाएर नारायणहिटीमै बास बस्ने गरी राष्ट्रपति बन्ने कल्पना पनि गरेका हुन्, तर कालान्तरमा अहङ्कारको रापमा पिल्सिएर उनले प्राण त्याग्नुप-यो, आफ्नै कार्यकर्ता रामवरण यादव राष्ट्रपति भएर शीतलनिवासमा बस्दा गिरिजाप्रसादमा कति डिग्रीको तड्पन पैदा भएको हुँदो हो, अनुमान गर्न सकिन्छ ।

युद्धनायकबाट प्रधानमन्त्री बन्दासम्म एमाओवादी अध्यक्ष प्रचण्डमा अहङ्कार बढेर उत्कर्षमा थियो । कुनै समयका गिरिजाप्रसादमा झैं प्रचण्डमा पनि ‘म जे पनि गर्न सक्छु’ भन्ने अहङ्कारपूर्ण भ्रम भएकैले प्रचण्ड सेनापति हटाएर राज्यसत्तालाई सम्पूर्ण रूपले आफ्नो काबुमा लिन अग्रसर भएका थिए ।

आफूलाई सत्ताबाहिर राखेर कसैले सरकार चलाउन सक्ने कल्पना पनि प्रचण्डले गरेका थिएनन् । सेनालाई चलाउनु गम्भीर भूल हुने र त्यसको नकारात्मक परिणाम आउने सुझाव कसैले दिँदा सुन्ने धैर्य प्रचण्डमा देखिँदैनथ्यो ।

०६५ पुस २ गते बिहान सात बजे बालुवाटारस्थित प्रधानमन्त्रीका रूपमा प्रचण्डसँग भेट हुँदा मैले उहाँलाई सेनासँग जिस्किनु गल्ती हुने र सेनापति रुक्माङ्गद कटवाललाई आफ्नो कार्यकाल पूरा गर्न दिनु उपयुक्त हुने राय दिएको थिएँ । प्रचण्डलाई मेरा सुझाव उपयुक्त लागेनन्, उनले भने, ‘यो सेनापतिलाई निरन्तरता दिनु उपयुक्त हुँदैन ।’

त्यसपछि मेरो प्रतिक्रिया थियो, ‘यदि सेनापति बदल्ने खेलमा लाग्नुभयो भने तपाईंले धेरै नराम्रो परिणाम भोग्नुपर्ने हुन्छ, तपाईं सकिनुहुन्छ ।’ त्यसताक शक्तिको अहङ्कारले मस्त प्रचण्डले हामीजस्ता साधारण मानिसका कुरालाई गम्भीरतापूर्वक लिन सायद आवश्यक ठानेनन् र भनेका थिए, ‘म सेनापति बदल्छु ।’ तत्काल मेरो जवाफ थियो, ‘त्यसो भए अत्यन्त नराम्रो परिणाम भोग्न तयार हुनुभए हुन्छ, मेरो सुझाव मात्र हो ।’ धेरैपछि प्रचण्डले त्यसबेला त्रुटि भएको स्वीकार गरेका थिए ।

त्रुटि स्वीकार गर्दा प्रचण्ड सत्ताबाट सडकमा झरिसकेका थिए । आफूपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारलाई चुट्कीको भरमा विस्थापित गर्न सकिन्छ भन्ने विश्वासका कारण प्रचण्डले राजधानीकेन्द्रित अनिश्चितकालीन घेराउको आयोजना पनि गरेका हुन् ।

तर, प्रचण्डका कुनै पनि प्रयासले उनलाई सत्तामा पुनस्र्थापित गर्न सकेन । ०६६ सालको वैशाखमा प्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त भइसकेपछि प्रचण्डको अहङ्कार क्रमशः शिथिल भएको छ, एकप्रकारले उनी दण्डित भएका छन्, चरम अहङ्कारपूर्ण व्यवहारको परिणाम प्रचण्ड अझै भोग्दै छन् । ०५८ मा श्री ५ महाराजाधिराजको रूपमा उदय भएपछि ज्ञानेन्द्र शाहमा पनि सत्ता र शक्तिको उन्माद चरमोत्कर्षमा पुगेको महसुस गरिन्थ्यो ।

०५९ असोज १८ को राजनीतिक कदम र त्यसपश्चात् बढेको आत्मविश्वास (कि अहङ्कार ?) ले तात्कालिक राजा ज्ञानेन्द्रलाई ०६१ माघ १९ को अस्वाभाविक कदम चाल्ने हदसम्म पु-यायो । त्यसताक राजा ज्ञानेन्द्रमा ‘म जे गर्न पनि सक्छु’ भन्ने अहङ्कारपूर्ण मनोविज्ञान थियो । एउटा दर्शनभेटका क्रममा मैले राजालाई सत्ता हातमा लिने गल्ती नगर्न सुझाएको थिएँ ।

सरकारलाई लागेको हुनसक्छ कि ‘टेकओभर’ गरेपछि सफल भइएन भने संवैधानिक राजतन्त्रमा सम्झौता हुन्छ, तर अब आन्दोलन सुरु भयो भने गणतन्त्रसम्म पुग्नसक्छ, संवैधानिक राजतन्त्रको बिन्दुमा सहमति हुन सक्दैन भन्ने मेरो भनाइको जवाफमा राजाले भने थिए– सबै नेपालीले देश बनाउन पाउने मैले मत्र नपाउने ? गणतन्त्रको घोषणापश्चात् एक भेटमा आफ्नो त्रुटि स्वीकार भएको थियो । अहङ्कार चढेका बेला राजा पनि सत्य सुन्न र सत्य बुझ्न असमर्थ थिए ।

आफूबाहेक सबै शक्ति र व्यक्तिलाई होचापुड्का देख्न थालेपछि राजा ज्ञानेन्द्र माघ १९ को निष्ठुरी कदम चाल्ने हदसम्म उचालिएका थिए, कसैको ‘जेन्युइन’ सुझावले कामै नगर्ने गरी दम्भ बढ्नुको परिणाम भोग्न उनले अर्को तीन वर्ष पर्खनुपरेन ।

यतिबेला चार दलमध्ये तीनवटाका नेताहरूले जुनस्तरको दम्भपूर्ण कार्यव्यवहार प्रस्तुत गर्दै छन् यसले उनीहरूलाई मात्र सिध्याउने भए मौनतापूर्वक प्रतीक्षा गर्न पनि सकिन्थ्यो, देशलाई नै गृहयुद्धको चपेटामा पार्ने र राष्ट्रिय सार्वभौमिकतासमेत महासङ्कटमा पर्ने स्थिति भएको कुनै पनि नेपाली अब टुलुटुटु हेरी बस्न पाउने अवस्था रहेन । कुनै विजयकुमार गच्छदार नामक प्राणीलाई अन्य तीन नेताकै कोटीमा राखेर दम्भी या अहङ्कारी ठान्नुपर्दैन ।

०६५ पुस २ गते बिहान सात बजे बालुवाटारस्थित प्रधानमन्त्रीका रूपमा प्रचण्डसँग भेट हुँदा मैले उहाँलाई सेनासँग जिस्किनु गल्ती हुने र सेनापति रुक्माङ्गद कटवाललाई आफ्नो कार्यकाल पूरा गर्न दिनु उपयुक्त हुने राय दिएको थिएँ ।

त्यसपछि मेरो प्रतिक्रिया थियो, ‘यदि सेनापति बदल्ने खेलमा लाग्नुभयो भने तपाईंले धेरै नराम्रो परिणाम भोग्नुपर्ने हुन्छ, तपाईं सकिनुहुन्छ ।’ त्यसताक शक्तिको अहङ्कारले मस्त प्रचण्डले हामीजस्ता साधारण मानिसका कुरालाई गम्भीरतापूर्वक लिन सायद आवश्यक ठानेनन्

डिस्कभरी या त्यस्तै टेलिभिजन च्यानलमा कहिलेकाहीँ सिंह या बाघले हरिण र अन्य साकाहारी जनावरहरू सिकार गर्दै गरेको दृश्य देखाइन्छ । सिकार गर्ने बाघ या सिंह हुन्छ, तर सिकारको मजा लिन हुँडार (हायना) नामक जीव पनि बाघ या सिंहकै वरिपरि घुमिरहेको हुन्छ, अर्काले गरेको सिकारमा ‘मोज’ गर्ने हुँडारमा अहङ्कार देखिँदैन, तर लोभ र क्षुद्रताको घृणित रूप त्यसले देखाइरहेको हुन्छ ।

टेलिभिजनमा देखिने त्यही हुँडार चरित्रका गच्छदारलाई अहङ्कारीहरूसँग तुलना गर्नुपर्ने अवस्था नरहेकोले यहाँ तीन प्रमुख दलका मुख्य तीन नेताहरूलाई मात्र इङ्गित गर्न खोजिएको हो । एक मतियारसहित चारजनाको अभिव्यक्ति र व्यवहारले पञ्चायतको आखिरीतिर मरिचमानलगायतका पञ्चहरूको अभिव्यक्ति र व्यवहार

radio programs

View All
  • On air नेपाली सदाबहार गीतहरु -by Non Stop songs
  • up next पुराना हिन्दी गीतहरु -by