राष्ट्रिय सरकार र देउवा

डम्मर बम

डम्मर बम कैलाली

डम्मर बम
कैलाली

विकासका दृष्टिकोणले र प्रविधिको पहुँचका हिसाव पछाडी परेको÷ पारिएको सुदुरपश्चिमको त्यसमा पनी त्यतीवेलाको डडेलल्धुरा जस्तो विकट पहाडी जिल्लावाट कसैले देश हाक्ला भन्ने कल्पना गर्न पनी सकिदैन थियो । अझै पनि विद्यमान संकुचित सोचका कारण सो कुराको आकंलन गर्न सकिन्छ । जहानिँया राणा शासनको दबदवा रहेको समयमा कसैले उच्च शिक्षा हासिल गर्न पाउला या गर्न सक्ला भन्ने सोच्न सक्नेसम्म हेक्का राख्ने सक्ने सायदै आंैलामा गिन्ती गर्न सक्ने थिए होलान् सुदुपश्चिममा । तैपनि जहाँ आत्मनिर्भरका लागि शिक्षा दिक्षा भन्दा पनि पशुपालन र घर खेतको काम तथा यूवा पुस्ताले भारततिर जाने कामलाई बढावा दिने यो ठाउँको मान्छेले देश नै हाक्नु भने चानचुने कुरा होईन् । यद्यपी समय परस्थिती अनुसार अहिले थुप्रैले उच्च शिक्षा आर्जन गरेका छन् ।

एक पटक होईन्् तिन–तिन पटक मुलुकको प्रधानमन्त्री भई देश हाक्ने नेता हुन् शेरबहादुर देउवा । श्रीप्रसाद सिंह देउवा र द्रौपदीदेवीका सुपुत्र रहेका देउवाको बि.सं.२००४ साल जेठ २ गते असीग्राम ६, डडेलधुरामा जन्म भएको थियो । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा बि.सं.२०३१ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा लाग्नुभयो । विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गर्नु भएका देउवा नेपाल बिद्यार्थी संघका संस्थापक सभापति हुनुहुन्छ । विद्यार्थीहरुको अधिकार स्थापित गर्नका लागि विद्यार्थी आन्दोलन क्रममा होस् या अन्य अन्य उत्पीडनमा परेकाको अधिकारको लागि थुप्रै आन्दोलनमा उहाँले बन्दी जिवन समेत विताउनु प¥यो । राजनीति संघर्षका क्रममा उहाँले नौ वर्ष बन्दी जीवन विताउनु प¥यो ।

वि.सं २०५९ सालमा नेपाली कांग्रेस बिभाजन भएपछि उहाँ नेपालीकांग्रेस (प्रजातान्त्रीक) का पार्टी सभापति हुनुभयो । बिसं २०६४ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) नेपाली कांग्रेसमा एकिकरण भएपछि देउवा वरिष्ठ नेता हुनुभयो । संविधानसभा निर्वाचन २०६४ मा देउवा डडेल्धुरा क्षेत्र नम्वर १ र कञ्चनपुर क्षेत्र नम्बर ४ वाट विजयी हुनुभयो । त्यस्तै दोस्रो संविधान सभाको निर्वाचनमा देउवा डडेल्धुरा क्षेत्र नम्वर १ र कैलाली क्षेत्र नम्बर ६ वाट पनि अत्यधिक वहुमतका साथ निर्वाचित हुनुभयो । यस अघि बिसं २०४८, २०५१ र २०५६ सालमा भएका प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि डडेलधुराको निर्वाचन क्षेत्र नम्वर १ बाट नै निर्वाचित हुनु भएको थियो ।

संविधानसभावाट संविधान जारी गर्ने महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएका देउवा निकै प्रभावशाली नेताका रुपमा परिचित हुनुहुन्छ । सुदुपश्चिममा जातिय द्धन्द्ध श्रृजना हुनु नदिन र वर्षाै देखीको विद्यमान थारु पहाडी वीचको सद्भावलाई कायम राख्न देउवाको महत्वपुर्ण भुमिका रह्यो । यही महत्पुर्र्ण काममा देउवालाई थुप्रै थारु विरोधी जस्ता आरोप लगाईए पनि अन्ततः त्यो दुरगामी नै थियो । क्षणिक स्वार्थका लागि केही निर्णय गर्नु भन्दा दीर्घकालिन सोच राख्ने क्षमता देउवामा रहेको छ । भाई–भाईलाई फुटाएर निहित स्वार्थ पुरा गर्ने कुचेष्टा गरेका अराजनीतिक मानसिकता वोकेकाले गरेको त्यो प्रयास अन्ततः देउवाले विफल नै तुल्याए । कैलाली कञ्चनपुरमा जती आगो वले पनी पछिल्लो समय भारतले नेपालमा गरेका घटना क्रममा त्यो सिध्द्ध भएको छ । कुनै क्षेत्रको कुनै भुगोलको माग सम्बोधन नहुने वित्तिकै नेपालमा गरिएको अघोषित नाकाबन्दीले उत्पन्न नेपालको अवस्था वारे थारु समुदायले बुझी सकेका छन् ।

संविधान जारी भएको आज १८ दिन भइ सक्यो, दुई दिन भित्र सहमतिय आधारमा मुलुकले नयाँ प्रधामन्त्री नपाए बहुमतीय प्रक्रियावाट प्रधानमन्त्री पाउनेछ । तर सहमतिको आधारमा मुलुकले प्रधानमन्त्री पाउने आश भने झिनो रहेको छ । यस अघि भएको भद्र सहमती अनुसार एमाले अध्यक्ष केपी शर्मा वलीलाई प्रधामन्त्री वनाउने एमालेवाट दवाव भएपनि संविधान सभापति पहिलो पार्टी नेपाली काँग्रेसले यसका लागि आधिकारिक धारणा वाहिर ल्याएको छैन् । यद्यपी काँग्रेसको केन्द्रिय समितिले त्यो निर्णय गर्ला । तर अब वहसको राजनीति गर्दा काम चलाउ प्रधामन्त्री शुसिल कोइराला पुनः प्रधानमन्त्रीको दाउमा रहनु भएको छ भने उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा पनि त्यसको आंकाक्षी हुनुहुन्छ ।
जसरी नेताहरुले एकमत भई भएर संविधान जारी गरे त्यसरी नै राष्ट्रिय सरकार बनाउनुपर्ने वेला रहेको छ । महत्वपुर्ण उपलव्धी संविधान जारी गरे पनि त्यसको कार्यान्वयनका समेत चुनौती रहेको छ । एक तर्फ मधेश आन्दोलन अर्को थारु आन्दोलन जारी रहेका वेला भारत गरेको अघोषित नाकावन्दिले यती वेला नेपाली जनताले सास्ति भोगी रहेका छन् । यस्तो विषम परिस्थितीमा नेताहरु आफ्नो निहित स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय मुद्दालाई प्राथमिकताका साथ अगाढी बढाउनुपर्छ र देशलाई निकास दिनुपर्छ । अनी मात्र सच्चा देशभक्त नेता कहलिनेछ । त्यसका लागि सबैले फेरी एक पटक मुलुकको तेस्रो पटकसम्म प्रधामन्त्री बन्नु भएका प्रभावशाली नेता शेरबहादुर देउवाको नेतृतवमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्दछ 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by