सञ्चाकर्मी हरिको म्युजिक भिडियो बजारमा ।

img-featured

सञ्चाकर्मी हरिको म्युजिक भिडियो बजारमा ।

लम्की, ४ चैत

कैलालीका सञ्चारकर्मी हरि चौधरीको पहिलो म्युजिक भिडियो बजारमा आएको छ ।

कैलालीको लम्की–चुहा नगगरपालिका–११, पिपरकोटी घर भएका सञ्चारकर्मी हरिले थारू लोक गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । म्युजिक भिडियो बजारमा आएसँगै सानैदखि कलाकारिता क्षेत्रमा रुचि राख्दै आएका चौधरीको कलाकार बन्ने सपना पूरा भएको छ ।

‘कला संस्कृतिलाई जोगाई राख्नुपर्छ’ भन्ने मान्यता बोकेका सञ्चारकर्मी चौधरीले पहिलो पटक थारू लोक गीतको म्यूजिक भिडियोबाट आफ्नो कलाकारिता सुरु गरेका हुन् । थारू भाषाका राष्ट्रिय लोक गायक मनिराम चौधरीको थारु गीति एल्बम ‘मोर चम्फा फुलवार’ मा समावेश रहेको टाईटल गीत ‘मोर चम्फा फुलवार’ बोलको गीतमा थारू राष्ट्रिय लोक  गायक मनिराम चौधरी  र विन्दू शर्माको स्वर रहेको छ ।

सोहेलदेव थारू र फिरोज  राजबंशीको संयुक्त लगानीमा निर्माण गरिएको म्युजिक  भिडियोमा सञ्चारकर्मी हरि चौधरी, सुनिता चौधरी फिरोज चौधरी, भीमा चौधरी, वीरु चौधरी, रिमा चौधरीको अभिनय रहेको  छ । निर्देशक थारू नायक तथा निर्देशक कृष्णा चौधरी र सुधराम दहितले निर्देशन गरेको म्युजिक भिडियोको छायांककन भने विवश चौधरीले गरेका हुन् । करिब ४० हजारको लागतमा म्युजिक भिडियो बजारमा आएको हो

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by