अष्ट्रेलियाद्वारा श्रीलंकालाई ३७७ रनको चुनौति ।


 

२४ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकालाई ३७७ रनको चुनौति दिएको छ । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याकसवेलको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३७६ रन बनायो ।

Australia v Sri Lanka - 2015 ICC Cricket World Cup

५३ बल सामना गरेका म्याकसवेलले १० चौका र ४ छक्का हान्दै १०२ रन बनाए । स्टेभन स्मीथले ७२, माइकल क्लार्कले ६८, शेन वाटसनले ६७ रन बनाए ।

यसैगरी ब्राड हेडनले २५, आरोन फिन्चले २४ र डेभिड वार्नरले ९ रन बनाए । मिचेल जोनसन ३ रनमा अविजित रहे ।

बलिङतर्फ लासिथ मालिङ्गा र थिसरा परेराले २-२ तथा तिलकरत्ने दिलसान, एन्गेलो म्याथ्युज र प्रसन्नले समान १-१ विकेट लिए ।

श्रीलंकाले जवाफी व्याटिङ गरिरहेको छ ।

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by