किसान सहकारी बाट ढुक्क भएर आर्थिक कारोबार गर्नु होसः सा“उद

img-featured

 
 
देवानन्द न्यौपाने लम्की, पुस १६/शहकारी डिभिजन कार्यालय धनगढीका प्रमुख हरी सिंह साउदले किसान बहुउद्देश्यय सहकारी संस्था बाट निधक्क भएर आर्थिक कारोबार गर्न यस क्षेत्रका किसानलाई आग्रह गर्नु भयो । कैलालीको लम्कीमा आज भएको किसान बहुउद्देश्यय सहकारी संस्थाको २२ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै साउदले नेपाल राष्ट्र बैकं बाट मान्याता प्राप्त संस्था भएकाले संस्थाको हरेक आर्थिक कारोबारमा निगरानी रहने गरेको बताउदै किसानलाई ढुक्क भएर कारोबार गर्न सबैलाई आग्रह गर्नु भयो । 
जिल्लाको एक मात्र जिल्ला भरी कारोबार गर्ने किसान सहकारी भएको बताउदै उहाले संस्थाका कर्मचारी र सञ्चालकलाई ब्यक्तिगत स्वार्थ भन्दा संस्थागत स्वार्थमा रहि सदस्य र किसानको हितमा कामगर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बोल्दै संस्थाका निर्बतमान अध्यक्ष तथा सहकारी संघका केन्द्रिय प्रतिनिधि खडानन्द सापकोटाले संस्थाको विकासको लागि आफुले देखेको सपना साकार पार्न सहयोग पुर्याउने सबैलाई धन्यबाद दिनु भएको थियो । 
 
 
संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको सभापतित्वमा भएको साधारण सभामा प्रमुख अतिथी शहकारी डिभिजन कार्यालय धनगढीका प्रमुख हरी सिंह साउद रहनु भएको थियो, भने विशिष्ट अथितीमा सहकारी स‘ंघका केन्द्रिय प्रतिनिधि खडानन्द सापकोटा रहनु भएको थियो । संस्थाका सदस्य विष्णुभक्त ढकालको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदमराज चौलागाइ, शेयर सदस्य मनिष न्यौपाने, सुशिला शाही, पुर्ब अध्यक्ष भानु शाह लगायतकाले शुभकामना मन्तब्य राखनुभएको थियो । 
 
साधारण सभामा संस्थाको प्रगति बिबरण महा प्रबन्धक डम्बर बहादुर शाहले गर्नु भएको थियो । भने अध्यक्ष सुरेन्द्र कुमार शाहले संस्थाको प्रतिबेदन प्रस्तुत गर्नु भयो । कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक इन्द्रकुमार शाह, संस्थापक अध्यक्ष मंगल बहादुर शाह, खडानन्द सापकोटा, पुर्ब उपाध्यक्ष पदम चौलागाई, भानु शाह, कमलराज जोशी, पुर्ब उपाध्यक्ष केशर बहादुर बटाला, पुर्ब सह सचिव चेतमान खत्री ललितजंग शाही, पुर्ब सदस्यहरु तेजबहादुर थापा, टीकेन्द्र थापा, लक्ष्मीप्रसाद देवकोटा, धर्मराज न्यौपाने लगायतका अन्य सदस्यलाई सम्मान गरीएको थियो ।
 
 कार्यक्रममा काजक्रिृया खर्च बाफत बैचलाका स्वर्गिय शेयर सदस्य नैनबहादुर शाहीका श्रीमति जसुदेवि शाही र सिम्रीका स्वर्गिय  प्रेम बहादुर रावतका श्रीमति चादनी देवी रावतलाई जनही २५÷२५ हजार रुपैया दिइएको थियो ।
 
 यस्तै गत बर्षको प्रवेशिका परिक्षमा उत्कृष्ट नम्बर ल्याउने शेर सदस्यका ५ जना छात्र र ५ जना छात्रा गरी १० जनालाई छात्रबृति प्रदान गरीयोको थियो । बर्ष उत्कृष्ट कर्मचारीमा संस्थाको केन्द्रिय कार्यालय लम्कीमा कार्यरत लेखा प्रमुख कुलप्रसाद तिमिल्सैना र सेवाकेन्द्रका प्रमुख दुर्गाप्रसाद उपाध्याय र भरत रावलाई सम्मान गरीएको थियो । कार्यक्रमको सञ्चालन दिपक ढुङ्गानाले गर्नु भएको थियो ।  
 
 

 

एक बर्षमा ५ करोड ६३  लाख ९८ हजार २ सय ५ रुपैया २४ पैसा खुद नाफा कमाउन सफल ।

 
 
जनताको बैकंको रुपमा चीनिने किसान बहुउद्देश्यीय सहकारी संस्थाले एक बर्षमा ५ करोड ६३  लाख ९८ हजार २ सय ५ रुपैया २४ पैसा खुद नाफा कमाउन सफल भएको छ । ३५ जना सामान्य स्थानिहरुले २०५२ सालमा एक÷एक  हजार प्रतिब्यक्ति शेयर पुजि जम्मा गरी कुल ३५  हजार रुपैयाले किसान सहकारी गठन गरी सहकारी कार्यक्रम सञ्चालन गदै आएको संस्थाले २०५४ सालमा राष्ट्र बैक बाट सिमित बैंकिङ्क कारोबारको स्वकृति लिएको थियो । 
 
 हाल संस्थाले  २१ औं बर्ष पुरा गरी २२ औं बर्षमा प्रबेश  गरी  रहदा लम्कीमा केन्द्रिय कार्यलय स्थापना गरी कैलाली जिल्लाका ६ नगरपालीका, ३०  गाविसमा आफ्नो  १ बैंकिङ्क शाखा, १५ सेवा केन्द्र सञ्चालन गरी लघुवित्त कार्यक्रम मार्फत वितिय सेवा प्रवाह गरी रहेको छ । 
 
प्रत्यक्ष रुपमा संस्थाले यस क्षेत्रका १ सय २३ जना युवाहरुलाई रोजगारी दिएको छ भने, हजारौ बेरोजगार युवा युवति, ग्रामिण क्षेत्रका   महिलाहरुलाई   अप्रत्यक्ष रुपमा जिविको पार्जनका लागि लघुवित्त कार्यक्रम माफर्त सेवा प्रबाह गदै आएको छ । सहकारी सञ्चालन गरेको  लघुवित्त कार्यक्रममा  २०  हजार बढी महिलाहरु  आबद्ध रहेका छन । 
 
  संस्थाले शेयर धनिको  हातमा दिएको आर्थिक बर्ष २०७२÷७३ को  आर्थिक प्रतिबेदन अनुसार  हाल सम्म ६ करोड ३  लाख ७६ हजार ४ सय रुपैया शेरपुजी जम्मा गन  सफल भएको छ भने  कुल निक्षेप ८५  करोड ३८ लाख ८३ हजार ५ सय ८६  रुर्पैया निक्षेप संकलन गर्न सफल भएको छ । संस्थाले आर्थिक बर्ष २०७२÷ ७३ मा  १  अर्ब १० करोड ४३  लाख  ९७  हजार ६  सय ४३ रुपैया ६६ पैसा कर्जा लगानि गरेको छ । एक बर्षमा ५ करोड ६३  लाख ९८ हजार २ सय ५ रुपैया २४ पैसा खुद नाफा कमाउन सफल  भएको छ  ।
 
जसमा १९ करोड ६६  लाख ४१ हजार ८ सय १९ रुपैया ४५ पैसा एक बर्षमा   आम्दानी गर्न सफल भएको छ ।  हाल संस्था  लम्कीमा तिन तले आफनै सुबिधा सम्पन्न भवन बाट सेवा प्रवा ह गदै  आएको छ भने किसाको आय आर्जनमा बृद्धिका बिभिन्न कार्यक्रम सञ्चालन गदै किसान,  विपन्न बर्गको सा हारा बन्दै आएको छ । हरेक बर्ष आफना  शेयर सदस्यलाई बाड्दै आएको १५ प्रतिशत  लाभाशं यस बर्ष पनि बाड्को छ । 
 
 
 
 
 
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by