त्रिनेत्र अगरवत्तिउद्योगको स्वस्तिकवजारमा

img-featured

लोकेन्द्र न्यौपाने 
कैलालीको लम्कीचुहा नगरपालीका २ लम्कीमा स्थापना गरीयको त्रिनेत्र अगर वत्तिउद्योगको उत्पादन स्वस्तीक अगरवत्ती वजारमा आएको छ । शनिवार एक समारोहका विच लम्कीचुहा उद्योग वाणिज्य संघ लम्कीका अध्यक्ष पदम राजचौलागाइले उद्घाटन गरेपछी अगरवत्तीव जारमा आएको हो । कैलालीको मोतिपुरमा संचालमा रहेको उद्योगले विभिन्न व्रान्डका अगरवत्तीहरु उत्पादन गरी वजारमाल्याएको हो । अगरवत्ती विभिन्न ५ वटा सुगन्धमा रहेको उद्योग संचालक दिपककुमार तिमिल्सेनाले जानकारी दिनुभयो । उद्योगको उद्घाटन समारोहमावोल्दै सञ्चालक तिमिल्सैनाले त्रिनेत्र उद्योगले उत्पादन गरेको अगर वत्ति२५ किसीम का वनस्पतिहरु मिलायर निमार्ण गरीएको र यो अगर वत्तिको वास्ना २ महिना सम्म खुल्ला राख्दा समेत वास्ना नर्मने भएकाले यस क्षेत्रमा अगर वत्तिले वजार राम्रो पाउनेमा आफु आसावादी रहेको बताउनु भएको छ । साथै उहाँले अवको एक महिनामै त्रिनेत्र नामको मसला समेत वजारमा ल्याउने र त्यस लगतै त्रिनेत्र मल्ट्रि इन्डष्ट्री मार्फत लुगाधुने सावुन, भाडा सावुन, दृना टपरी, डिस्पोजेपलथाली, प्लेट, गिलासल गायतका अन्य उत्पादनहरु समेत वजारमा ल्याउाने लक्ष्य रहेको जानकारी गराउनु भएको थियो । विदेशी अगरवत्तीले वजारमा आफ्नो प्रभाव जमाइरहेका वेला स्थानिय स्तरवाट उत्पादन गरिएको यो अगरवत्तीले राष्ट्रिय र अन्तराष्टिय स्तरमा समेत आफ्नो वजार विस्तार गर्न सक्ने सम्भावना रहेको लम्कीचुहाउद्योग वाणिज्य संघका अध्यक्ष पदम राज चौलागाइले वताउनुभयो । उत्पादीत अगरवत्ती रु १० देखि५० रुपैया सम्मको प्याकमा उपलव्ध हृने संचालक उमेश तिमिल्सेनाले जानकारी दिनुभयो । 
उद्योगका संचालक दिपककुमार तिमिल्सैनाको सभापतित्वमा भएको उद्योग उद्घाटन समारोहमा लम्कीचुहा नगरपालीका अध्यक्षपदम राजचौलागाई प्रमुख अथितीरहनु भएको  थियो । भने कार्यक्रममा साविक बलिया गाविसका निवर्तमान अध्यक्ष बखतबहादुर विष्ट विशिष्ट अथिती रहनु भएको थियो ।कार्यक्रममा डिल्ली प्रसाद गडतौला, किसान उहुउद्देय सहकारी संस्थाका माहा प्रबन्धक डम्मर बहादुर शाह, लायन्स क्लवअफ कैलाली लम्कीका अध्यक्ष डाक्टर छविलाल जैसी लगायत यस क्षेत्रका उद्यागि व्यापारी, विभिन्न संचार संस्थामा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रको संचालन उद्योगका संचालक उमेश तिमिल्सेनाले गर्नुभएको थियो । 
 

 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by