कहिले सम्म अल्झीने जातियताको जालोमा......

img-featured

 
दिनेश  न्यौपाने
म एक बाहुन परिवारमा जन्मियको छोरा हुँ । अछामको बिकट पहाडी जिल्ला अछामको बाटुलासैनमा मेरो जन्म भएको थियो । भौगोलिक बिकट्ताले पछि परेको मेरो गाउमा कमि केवल बिकासका लागी मात्रै हेरेर बसेको छैन कमिहरु त मेरो जन्म भुमिलाई गाडि, सडक, बिद्युत, स्वास्थ्य यस्ता आदि बिकासका नजरमा केहि पछि त छ । त्यसमा पनि समुदायका मान्छेहरुको मानसिकता चाहे जातिय छुवाछुत, अन्तर जातिय बिबाह, चाहे लिङ्ग भेद, छाउपडि कु प्रथाका कुरा किन नहोस यि कुराहरुले पनि निकै गहिरो जरा अझै गाडिएको छ । 
मेरो समुदायमा बाहुन, क्षेत्रि, दलित समुदायका मानिसहरु बसोबास गर्दछन् । हुन त मेरो गाउ समुदायमा अन्तर जातिय बिबाह गर्नेहरुको संख्या केहि कमै मात्रामा नै छ । त्यसमा पनि बाहुन भने पछि त झनै सान सम्मान हुनु पर्छ भन्ने मेरो समुदायका बाहुन दाजु भाईहरुको सोच ,छ । तर यसमा मेरो कुनै मतलब छैन म बाहुन हुनुमा कहिलै गर्ब सानमान खोज्दैन म जर्ब आफुमा गर्बको महसुुस तब गर्ने छु जातिय बिभेद रहित समाजको नागरिक हुन पाउछु, म सानै देखिे जातिय बिभेदको जालोलाई सके सम्म म बाट अन्त्य गर्ने प्रयासमा भएको हुनाले पनि हुन सक्छ, म यो जातभात र छुवाछुतको अलमलमा पर्न सकिन । 
राम्रो कामको लागी साथ दिन र नराम्रो कामको आलोचना र गर्नुपर्छ भन्ने कुरामा मेरो धारणा छ । कसैका लागी अन्याय भयो भन्ने सुन्दा आवाज उठाउँन म तयार हुन खोज्छु  तर साथ कसैको पाउदैन् । मैले धेरै कुरा भोगि सके र अझै कति बाँकी छ । म आफुलाई अझै त्यो बालापन र सबैको काखमै बस्ने जस्तै छु जस्तो लाग्छ । तर पनि यो समाजका लागी म अलि फरक र समाज रुपान्तरण देखि हरेक नागरिकको दुख सुखमा मेरो कलमले सहयोग गर्छु समाजमा हुन अन्याय अत्याचार कु प्रथा लगाएत बिकाश निकास र हरेक गतिबिधिमा मैले नियालेर हेर्नै पर्छ अन्यायमा परेका लाई न्यान दिलाउन मेरो कलम महत्वपुर्ण छ । र समाजमा भए गरेका हरेक राम्रा नराम्रा कुरामा ख्याल गर्नु मेरो धेरै ठुलो भुमिका बनीसकेको छ । 
सानो उमेरमा प्रशस्त कुराको ज्ञान लिन पाएको छु सायद अझै धेरै कुराको ज्ञान लिन बाकी छ र संर्घष त गरिरहनेनै छु ,। म दुर्गम ठाउमा जन्मिए हुर्किए पनि मेरो बिकासमा कुनै बाधा पनि पुगे कुनै कुरा पनि सफल तरिकाले मैले हासिल गरेको सम्झना म संग छैन । धरै कुरा जान्न र गर्न निकै गार्हाे भयो । अहिले पनि त्यो जारी छ । तर मैले जति जाने पनि जति गरे पनि यो समाजमा मेरो कुरा र सकारात्मक सोचको बिकाश मैले गराउन सकेको छैन् यसमा म अत्यान्तै दुखि छु । र पनि यो पर्यास म निरन्तर जारी राख्ने छु । आफ्ना सन्तानहरुलाई आफ्नो सारा संसार ठान्ने अबिभावकहरुको सामु म प्रश्न गर्न चाहान्छु । के सन्तानले चाहेको र उस्को खुशी तपाइको खुशी हुन सक्दैन र ? आफ्नो प्रेम र आफुले चाहेको खुसिहरु न पाउदा एउटै डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रेम जोडिहरुलाइ तपाई के भन्नु हुन्छ ? यो समाज पनि कति अच्चमको छ । 
जो सन्तानले चाहेको खुशी लुटेर आफु र आफ्नो भनाइ इज्जतको फुटो खोल ओडि अडिग रहन्छन्, र सन्तानलाई रुवाएरै भएपनी आफु हाँस्न खोज्छन । कति अचम्मको छ है ? यो समाज जातियताकै नाममा अझै पनि अरुलाई रुवाउने काम गरिरहन्छन् कती सम्म ? आखिर बाहुन, क्षेत्री, दलित, यस्ता पनि जात हुन्छन् ? जात त केवल २ वटा छन् ति हुन् हरेकका महिला र पुरुष याँहा भन्दा अर्को जात म देख्दैन अझै भनम भाले जाति र पोथी जाती । आखिर सबैका नसा र शरिरमा बग्ने रगत रातो नै हुन्छ । जस्को मासु काट्दा पनि निस्कने रगत नै हो । मासु काट्दा सबै लाई दुख्छ भने अझ त्यस भित्र के को जातियता छ फेरि ? यसमा पनि प्रेम गर्नेहरुलाई यो कु दृष्टिले धरैलाई समाज बिहिन जिवन मरण को बिचमा पनि पुराएको छ । म पनि यस्को भागेद्धार बन्छु होला सायद ! मैले आमालाई भने आमा हेर्नु मत यो आफ्नो इष्टको छोरी संग बिहे नै गर्ने होइन भन्दा आमाको जवाफ थियो यदि त्यसो हो भने तैले यो घर समाज मात्रै होइन देश नै छोडेर गए हुन्छ । अनि फेरि प्रश्न गरे आमा यदि मैले क्षेत्रिको छोरी बिहे गर्दा के हुन्छ ? आमाले भन्नु भयो हेर आफु भन्दा तल्लो जात संग बिहे गर्यो भने समाजले ठिक मान्दैन तेरो छोरा छोरी पनि क्षेत्रि हुन्छ रे भन्नु भयो अनि फेरि मैले प्रश्न गरे हैन यो क्षेत्री भनेको के हो ? बाहुन भनेको के हो ? अनि दलित भनेको के हो ? आमाले कुनै जवाफ दिनु भएन । 
यदि यस्को जवाफ हुदो हो त सायद सजिलै दिनु हुन्थ्यो होला । हो यसको कुनै जवाफ छैन । म जस्ता सबै युवा बर्गले यसरि नै प्रश्न गर्ने हो भने आखिर यस्को जवाफ छैन् । अनि सबैको दिमागमा बिस्तारै परिवर्तन हुने छ । चाहे कतिनै ठुलो मुल्य चुकाउन किन नपरोस समाजमा रहेको जातिय बिभेद हटाउन लाग्नै पर्छ र प्रेममा मृत्यु भोगेकाहरु अब स्वतन्त्रताको अनुभुति गर्नु पर्छ ।
धरै सुनिन्छन् आफुहरुले रोजेको प्रेम जब पाउदैनन् तब चाहे एकल होस चाहै संगै होस असफल प्रेम जोडीहरुले आत्महत्या गरिरहेका छन् । आखिर यस्को दोष घर परिवार बाटको तिरस्कार हो । जात न मिलेर  बिबाह गरेका केहिले घर मात्र होईन गाउँ निकाला हुनु परेको त छदैछ उनिहरुको जिवननै अन्धकार बनेको छ । प्रेमको कारण अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुन त भैरहेका केहि मात्रामा देखेको छु । र पनि उनिहरु अरु जस्तै स्वतन्त्र पनि छैनन् । परिवारले उनिहरुलाई स्वृकारेको मान्यता नदिदा अलि कति दबेर बसेकै हुन्छन् । आफ्नै परिवार बाट यस्तो हुन्छ भने समाजले त उनिहरुलाई यिनिहरु ठिक होइनन् भन्न के बेर ?  मानिस मानिसमा के को भेदभाव ? धनि र गरिवसबै मानिस हैन र ? खासगरी मानिसको सोचमा यस्ता पुरातनवादी विचारहरु जबसम्म जरा गाडेर बस्छ, तब सम्म समाजमा यो भेदभाव रहिरहन्छ । 
आखिर कहिले सम्म अल्झिने यो जातियताको जालोमा कति कतिले मर्ने, आफ्नो खुसि रोजौ आमा बा लाई बाच्न गार्हो आफ्नो खुशि त्यागौ आफैलाई बाच्न गार्हो । प्रेम जोडीलाई समाजमा जिउने वातावरण बनाइनु पर्छ यस संग सम्बन्धित सबै पक्षले सोच्नुपर्ने समय आएको छ । समस्यालाई कानुनको प्रयोग भन्दा पनि जातीय सद्भाव कायम गर्नेगरी सबैले सहयोग गर्नुपर्ने समय भैसकेको छ । असमानता, जातीय भेदभाव तथा छुवाछूतको अन्त्य, समतामूलक, शान्तिपूर्ण र समृद्ध समाज निर्माण आजको आवश्यकता हो । यदि यो हुन्छ भने  समाज रुपान्तरण गर्न कुनैै कठिन हुने छैन ।
 
 
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by