सोनाको नजर जुध्योले चर्चा वटुल्दै ।

 
 
सोनाको नजर जुध्योले चर्चा वटुल्दै ।
युवराज न्यौपाने
कैलाली
 
अहिलेकी चर्चित लोक दोहारी गायिका तथा मोडेल सोना के सी को नयाँ गित नजर जुध्योले बजार तताई रहेको छ । सुमन परियारको लय शब्दमा तयार भएको नगर जुध्यो बोलको लोक दोहारी गितमा सुमन परियार र सोना के सी को स्वर छ । बिन्ध्या वासिनी म्यूजिक प्रालि मार्फत बजारमा आएको उक्त गितको भिडियोले समेत राम्रो चर्चा वटुलीरहेकोछ ।
वव्वु थापाले निर्देशन गरेको गितको भिडियोमा गायीका सोना केसी र गायक सुमन परियारले अभिनय गरेका छन् । डान्सीड विटमा तयार पारिएको सो गीत अहिलेका युवा युवतीले विषेश मन पराएको गायीका तथा मोडल सोना केसीले वताउनु भयो । हाल जापनमा रहेकी सोना का यस अघीका गितहरुले समेत राम्रो चर्चा वटुलेका थिए । सानै उमेर देखि गित संगीत र अभिनयमा सक्रिय सोनाले छोटो समयमै नोपली साँगीतिक क्षेत्रमा राम्रो चर्चा वटुल्न सफल हुनुभएको छ ।

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by