शरीर अर्काको हृदय मेरो .......

 
शरीर अर्काको हृदय मेरो .......
 
 
नन्दु राज चौधरी (सर्वहित )
लालमतिया ५ लमही  दाङ देउखुरी
 
 
 
 
हरेक जीव तथा मानव शरीर संचालन कर्ता संग सिधा सम्पर्कमा रही सम्पूर्ण तत्व विषय भावका खवर तथा एक अर्कामा सुचित गर्ने मध्यान मन हो  मानव अंगका चाहना इच्छ्या परिपूर्ति गर्ने गराउने पनि मन नै हो  जसले नकारात्मक वा सकारात्मक गुण भावनालाई सर्वोच्च विन्दुमा अनुभव महसुस गर्ने गराउने कार्यमा मद्दत समेत गर्दछ  अतः म मेरो मनलाई पुकार्न चाहन्छु भूतकालमा मैले गरेका व्यबहारमा जानी अन्जानी गरेको नकरात्मक सोंच भावनालाई सुद्ध पवित्रताको बाटो तर्फ़ जागृत गरोश ।  वर्तमानमा मैले भोगिरहेको असन्तुस्टी दुख दर्द अनि कसैलाईअपच हुनेकार्य भैरहकेका छन् भने त्येस्लाई निश्चल पवित्र गरि खुशी पर्ने , आनन्दित गर्ने र आफ्नो पन महसुस गर्न र संतुलती भैरहने वातावरण समय जागृत भैरहोस भविस्यमा कुनै कसैको मन हृदय दुखाउने भावनाबाट टाढा रहन सकु मेरो शरीरद्वारा उत्पन्न गरेको कसैलाई चित्त दुख्ने व्यवहार छन् । भने, कसैको मन असन्तुलित पारेको भए माफ स्वीकृति चाहन्छु  ।  भौतिक शरिरिले भौतिकता तर्फ़ लागेर आसुद्धि भएको भए सुद्धता हुन चाहन्छु ।
मलाई जन्म दिने र साथ दिइरहने पन्च तत्वद्वारा सृस्तिमा सृजित जीव, जन्तु, वनस्पति नौ ग्रह ब्रहमाण्डमा मेरो मन आत्माबाट निस्वार्थ प्रेम भावना प्रेस गर्न चाहन्छु  । जीवन जिउदै गर्दा प्रकृतिमा रहेका मानव निर्मित स्रोत साधनलाई उपयोग उपभोग गर्न सबै अंगलाई महसुस गरेको ग्यान जागृत रहोस र अरुहरुले पनि सोहिका लागि जन्मेको भाव फैलियोस  यसै गरि मेरो नजिक वा टाढा जहाँ भएपनि समय संगै साथ साथमा जीवन चलिरहेको पनि ज्ञात होस्  कसैलाई मेरो जीवन चरिया वा ब्यबहार मन नपरेको हुनुपर्दछ र चित्त दुखेको पनि हुनसक्दछ  अतः उहरुलाई मेरो हृदय देखि धन्यबाद छ ।  कारण पुराना संस्कार एवं प्रलाव्दभोगले वा गर्नुपर्ने कर्तव्यमा कमि वा नजानी नजी पछि परेको पनि हुनसक्छ तर त्यो होइन कि जुन कुरा चाहिन्छ त्यो मैले प्राप्त गर्न नलेखेको पनि हुनसक्छ त्यसकारण मैले ढिपी गरेर मात्र हुन्न होला तैपनि मलाई के विस्वास हुनुपर्छ भने संसारमा जे छ जुन कुरा प्राप्त गर्न खोजेको छु त्यो मिल्छ मिले भने पनि केहिछैन सन्तुस्ट हुने प्रयास गर्छु भन्ने सोंच जागृत रहोस र मलाई संचालन कर्ताले मेरो पुकार नमानेको भनेर दोस थोपर्ने चेस्टा नहोस म बाट म हरपल प्राकृतिक भौतिक शरीरलाई प्रकृतिमा लिन गराउन चाहन्छु  हुनत सोंचे चाहेको कुनैपनि कुरा यत्तिकै प्राप्त हुने भएको भए, भन्न साथै मिल्ने भएको भए जसले जे गरे पनि प्राप्त गरेको भय यो भन्दा भए बह हुनसक्थ्यो तर त्यो बिडम्वना आउन हुने देखिन्छ ।  मूल प्रकृतिलाई स्वार्थ पूर्ण भावना प्रेसित गरेर पनि बाधा अर्चनको बधन्ले रोकेको पनि हुन सक्छ म स्वार्थी दुनियाको तुच्छ प्राणी हु र मेरो पनि तेही रुप भावना संस्कारको व्यवहारबाट बिमुख हुन नसकी सोहि बमोजिम चल्न नसकी मन दुख दर्दको समय लिनु परेको हुनु पर्दछ  हरेकको आ आफ्नै इच्छा चाहना फरक हुन्छ र आर्काको इच्छालाई मार्नु मह पाप हो  तेसको सरापले मलाई मेरो जीवनमा चोटको चस्काहत खेप्नु परेको हुन सक्छ  अन्तमा मेरो जीवनमा जो आयो जसले मेरो व्यबहारबाट दुखित छ उ मलाई माफ गरिदियोस जसले मलाई दुस्मन स्वार्थीको रुपमा लिएकोछ भने त्यो सोंच विचारबाट विमुखहोस  म पनि तेस समयलाई चेतनाको रुपमा लिन्छु र सर्वहित सोंच भवनमा रही सवै संग सन्तुलित भैरहन चाहन्छु । 
 
 
 
नन्दु राज चौधरी (सर्वहित )
लालमतिया ५ लमही  दाङ देउखुरी

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by