अमेरिकाका एनआरएन आईसीसीका पदाधिकारी के भन्छन् ?

img-featured

डीसी । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिका अहिले विश्वमै चर्चाको शिखरमा पुगेको छ । विश्वमा रहेका एनआरएन मध्ये अमेरिका संसारमा सबै भन्दा धेरै सदस्य भएको देश बन्दै कीर्तिमान कायम गर्न सफल भएपछि यसलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन भएको छ ।
एनआरएन अमेरिकामा छाता संगठनको रुपमा स्थापित भै सकेको छ । वर्तमान कार्यकारी समितिको मेहनत, दूरदृष्टि र अथक प्रयासको कारण तीन गुणा सदस्यतामा वृद्धि भएको हो ।
एनआरएन अमेरिकामा करिब १२ हजार सदस्यहरु छन् l यसैको सेरोफेरोमा बिशेष समाचार बनाउने क्रममा अमेरिकामा रहेका एनआरएन आईसीसीका संरक्षक, सल्लाहकार तथा एनआरएन आइसीसी सदस्यहरुलाई समेट्ने प्रयास गर्दै केहि जिज्ञाशा राखेका थियौं l
एनआरएन अमेरिका १२ हजार सदस्य भएको विश्वकै धेरै सदस्य भएको मुलुक एनआरएन अमेरिका बनेको छ ।
चुनाव तथा एनअरएन सदस्यबारे एनआरएन आइसीसीका अमेरिकामा रहेका पदाधिकारीहरु के भन्छन् ?
राजेन्द्र सिवाकोटी: एनआरएन आइसीसी सदस्य (अमेरिका)
एकदम राम्रो अवस्थामा छ । यो ठूलो उपलब्धि हो । १२ हजारमा मात्र सन्तोष भएर बस्नु हुदैन । तीन लाख जन घनत्व भएको अमेरिकामा किन यो भन्दा दोब्बर र तेब्बर नसोच्ने । रफ्तारमा चलि सकेको अवस्था छ र यसलाई निरन्तरता दिनु पर्छ ।
 यसरी उम्मेदवारीको ओईरो लाग्नु अत्यन्तै राम्रो हो किनभने संस्थाले सबै नेपालीको आवाजलाई नेपाल सरकार संग पुर्याउन सक्छ l हक र अधिकारलाई वकालत गर्न सक्छ भन्ने लागेकोले यसरी उम्मेदवारी दिने संख्या बढेको हो l तर भोलि गएर एउटा पदमा धेरै संख्या भए ,समुह , गुट र उप गुटमा विभाजित नहोला भन्न सकिन्न l यसमा आफुलाई चिन्ता लागेको छ l
एनआरएन आइसीसीले एनआरएन अमेरिकालाई सकारात्मक रुपले लिएको छ l सशक्त मुलक भएकोले यसले नेतृत्व पनि लिन सक्छ भन्ने सोचाई आई रहेको छ l  अमेरिकाको लागि नै यो एउटा सकारात्मक पक्ष हो l
एनआरएन एनसीसी अमेरिकाको भूमिका बारेमा एनआरएन आईसीसी अवगत छ l एनआरएन आईसीसीमा बृहत कार्य दल छ l उक्त कार्य दलले अहोरात्र राष्ट्रिय सवालका मुद्धामा काम गरि रहेको छ l राष्ट्रिय समन्वय समितिका आफ्ना कार्य क्षेत्र हुन्छ l त्यसमा ज्यादा केन्द्र बिन्दु बनाउनु पर्ने हुन्छ l अमेरिका वर्तमान अवस्थामा घर भित्र केन्द्रिकरण गर्नु भन्दा राष्ट्रिय सवालका केहि मुद्धाहरुमा ज्यादा केन्द्र बिन्दु बनाउने तर्फ ध्यान दिएको जस्तो देखिएको छ l
आफु आईसीसी सदस्य भएको नाताले एनआरएन अमेरिकामा भएका आवस्यकता र समस्यालाई सम्बोधन गर्न तर्फ लागे एन आरएन अमेरिका अझ सशक्त हुने छ l
 
राजा घले (एनआरएन आइसीसी सदस्य, अमेरिका )
निश्चित रुपमा यो एक सकारात्मक र स्वागत योग्य छ | सबैको अथक प्रयासबाट यो सम्भब भएको छ | एकतानै बल हो भन्ने यसले पुष्टि  पारेको छ | एनआरएन अमेरिका १२ हजार सदस्य भएको विश्व कै ठुलो सदस्य भएको मुलुक एनआरएन अमेरिका भयो भनेर यसैमा सधै गर्व गरेर चाही बस्नु हुन्न | २ देखि ३ लाख नेपालीहरु भएको ठाउमा १२ हजार सदस्य हुनु त्यति ठुलो आश्चर्य मान्नु पर्दैन | यो भन्दा बढी संख्या बढाउने प्रयाश गर्नु पर्छ र सम्भब पनि छ |
सबैको चासो बढ्नु भनेको सस्थाको मूल्य र मान्यता बढेको छ | यो गतिलाई हामीले रचनात्मक तथा उत्पादकमुलकबाट नगद  गर्न सक्नु पर्छ l यसो गर्न सकेमा यों संस्थालाई अझै उचाई र बिस्तार गर्न सकिन्छ ।
 बिष्णुमायाँ परियार (एनआरएन आइसीसी महिला सशक्तिकरण संयोजक )
खुशीको कुरा हो । हामी यो संस्था ३०- ४० जनाको हुदा देखि नै आबद्ध भएका हौ l उचित समय छ l वर्तमान समितिले धेरै मेहनत गरेको छ र संचार माध्यमले ठुलो प्रचार र प्रसार गरेको कारण १२ हजार पनि पुग्न सकेको हो l
उम्मेदवार दिनु भन्दा पनि काम गर्ने मानिस आउनु पर्छ । संस्थाप्रति सकारात्मक सोच भएको हुनाले यसरी उम्मेदवारी माथि उम्मेदवारी आई रहेको छ, यो राम्रो कुरा हो ।
राम्रो मान्छे र संस्थाको हितमा काम गर्ने मानिस नेतृत्वमा आउनु पर्छ भन्ने आफ्नो चाहना रहेको छ ।
छिटो समयमा राम्रो प्रगति गरेको छ l अझ धेरै गर्न बाकि छ । यो जोश, जाँगरलाई निरन्तरता दिनु खाँचो छ ।
डा बिनोद शाह (एनआरएन आइसीसी सदस्य ,अमेरिका )
आफू यो संस्थामा पहिले देखि नै लागेको हुनाले यो संस्था प्रति धेरै माया छ । प्रारम्भिक चरणमा धेरै खुड्किलो पार गर्न धेरै मेहनत गर्नु पर्यो । बिभिन्न झिना मसिना विवादमा पनि मुछियो l तर गत वर्षदेखि संस्थाप्रतिको श्रद्धा निकै बढ्न गै यो संस्थाले नै सम्पूर्ण नेपालीको समस्या समाधान गर्छ भन्ने विश्वासको कारण १२ हजार सदस्य हुन् पुग्यो l म खुशी छु ।
बिगतमा मानिस एनआरएन संग सदस्य पनि हुन् चाहदैन थिए तर हाल एनआरएन अमेरिकाले आमुल परिवर्तन गरेको छ l सदस्य वृद्धिको कारण सकारात्मक भएको छ र, यसरी संस्था प्रति उम्मेदवारी दिन आउनु नै संस्था प्रति देखाईएको अभिरुचि र माया हो ।
एनआरएन आइसीसीले एनआरएन अमेरिकालाई नजिक बाट निहाली रहेको छ किनभने भोलि नेतृत्व पनि लिन सक्ने देश बनेको छ l राम्रो काम गर्दै उदाहरण प्रस्तुत गर्दैछ l
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by