सजाउँला दिलमा” बजारमा

 

सजाउँला दिलमा” बजारमा

चैत २३ गते

बहु प्रतिभाशाली लोकदोहोरी युवा गायक ईन्द्र बुढाले “सजाउँला दिलमा नाम लेखेर” बोलको लोकदोहोरी गीति एल्बम बजारमा ल्याएका छन् । आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत उनले भखैरै मात्र सार्वजनिक गरेका हुन् ।

बागेश्वरी म्युजिकबाट बजार ब्यवस्थापन भएको उक्त गीतमा उनलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन । गीतको लय भने अहिलेका चर्चित युवा सर्जक खेम सेन्चुरीले गरेका छन । उक्त गीतको म्युजिक भिडियो निकै उत्कृष्ट बनेको गायक बुढाले बताएका छन । उक्त गीतको छायाँकन मध्यपश्चिम क्षेत्रको रमणीय स्थान कोहलपुर लगाएत आसपासका क्षेत्रमा गरिएको हो । उक्त गीतको निर्देशन अहिलेकी चर्चित निर्देशक भागिरथा गाहा मगरले गर्नुभएको छ भने छायाँकन देवराज आचार्यले गर्नुभएको छ । निर्देशक भागिरथा गाहा मगरले आफुले गीतको भावअनुसारको निर्देशन गरेको बताउदै स्थानीय स्तरमा पनि निकै प्रतिभाशाली कलाकारहरु रहेको भन्दै यस गीतमा अभिनय गर्ने कलाकारहरुको खुलेरै प्रशंसा गर्नुभयो । यस्तै भिडियोका छायाकार देवराज आचार्यले यस म्यूजिक भिडियोको प्राबिधिक पक्ष निकै नै बलियो भएको बताउनुभयो । उहाँले आफूले भिडियोको छायाँकनमा निकै नै मेहनत गरेको समेत बताउनुभयो । उक्त म्यूजिक भिडियोमा नरेश एम.सी., शिशिर गिरी, पुष्पा सुवेदी र ललिता खड्काले उत्कृष्ट नृत्य तथा अभिनय गरेका छन । यस म्यूजिक भिडियोको सम्पादन अहिलेका चर्चित सम्पादक नविन घर्ती मगरले गरेका हुन । सानैदेखि गायनमा रुची भएका बुढा गाउँघरमा हुने विभिन्न साँस्कृतिक कार्यक्रम,बिद्यालय, मेला पर्व, रोधीघर र विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागि भई पुरस्कारहरु समेत हात पार्ने गर्दथे । सुदुरपश्चिमको अछाम जिल्ला लयाँटी गाविसमा जन्मिएका गायक बुढा हाल राजधानीमा रहेर आफ्नो अध्ययन संगसंगै क्रियाशिल रुपमा साँगितिक यात्रालाई पनि अगाडी बढाईरहेका छन् । भविश्यमा कला क्षेत्रलाई नै ब्यवसायिक रुपमा अगाडी बढाउने उनको सोच रहेको छ । गीत संगीतको माध्यमबाट राष्ट्रलाई परिवर्तन गर्ने अठोट संकल्प बोकेका गायक बुढा आफैमा राम्रा गीतसंगीत सृजना गर्ने गर्दछन् । अहिलेसम्म उनका झण्डै एक दर्जन बढी गीतहरु बजारमा आईसकेका छन् । गायक बुढाले अन्य गीतहरुको तुुलनामा यो म्यूजिक भिडियो निकै नै फरक भएकोले यस म्यूजिक भिडियोलाई दर्शक स्रोताहरुले रुचाउने बताउनुभयो । यस्तै उक्त गीत बजार ब्यवस्थापन गरेको म्युजिक कम्पनी बागेश्वरी म्युजिकका प्रबन्ध निर्देशक तथा लोकदोहोरी गायक कमल बि.सी. माल्दाईले उक्त गीतको प्रचारप्रसारका लागि म्यूजिक कम्पनीको तर्फबाट कुनै पनि कन्जुस्याईं नगर्ने बताउनुभयो । छोटो समयमा युट्युवमा धेरैले रुचाएको यस म्युजिक भिडियोको निर्माण पक्ष निकै सबल रहेको स्रोता दर्शकहरुको प्रतिकृया रहेको छ

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by