घाईते पत्रकार न्यौपाने लाइ आर्थिक सहयोग ।

img-featured

 
नेत्रप्रसाद न्यौपाने लम्की, १५ वैसाख / मोटर साइकल दृर्घटनामा परि  गत बैशाख १ गते गम्भिर घाईते हुनुभएका नेपाल पत्रकार महासंघ कैलालीका सदस्य तथा सामुदायिक रेडियो पश्चिम आवज लम्कीका स्टेशन म्यानेजर देवानन्द न्यौपाने लाई पत्रकार नवराज खनालले  ५ हजार रुपैया उपचार खर्च सहयोग गर्नुभएको छ । आज सामुदायिक रेडियो पश्चिम आवजको कार्यकक्षमा रेडियोका प्रबन्ध निर्देशक युवराज न्यौपाने लाई पत्रकार खनालले बैक अफ काठमण्डौ लम्की शाखाको रु ५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो । लामो समय देखी पत्रकारीतामा क्रियाशिल पत्रकार खनाल नेपाल पत्रकार महासंघको प्रदेश प्रर्षाद, माउन्टेन टेलिभिजनका कैलाली सम्वाददाताको रुपमा कामगर्दे आउनुभएको छ ।  नया वर्षको समचार संकलनको लागी पर्यटकीय क्षेत्र घोडाघोडी ताल तर्फ जादै गरेको अवस्थामा पुर्व पश्चिम राजमार्गको मुडा बजारको पुलमा बैशाख १ गते मोटरसाईकल दृर्घटनापरि गम्भिर घाईते भएका पत्रकार न्यौपानेको धनगढी स्थीत कैलाली अस्पतालमा अप्रेशन पछि हाल लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको छ ।  यस अघि पत्रकार न्यौपानेको उपचार खर्चको लागी नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले ५ हजार,उपाध्यक्ष टंक कुवरले २ हजार,नेपाल पत्रकार महासंघ कैलाली शाखाले १० हजार , सामुदायिक रेडियो पश्चिम आवाज संचालक समितिका सदस्यले ८ हजार र रेडियो ले १० हजार र नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ ले १५ हजार रुपैया सहयोग गरेको छ । 
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by