थारु फिल्म भौँरा को म्युजिक भिडियो सार्वजनिक ।

 
थारु फिल्म भौँरा को म्युजिक भिडियो सार्वजनिक ।
 हरी चौधरी
जेष्ठ १६, लम्की कैलाली
चम्पन सांस्कृतिक समुहहले आफ्नो ब्यानरमा उत्पादित थारु चलचित्र भौंरामा समाहित बनके दुलही बोलको गीत युट्युवमा सार्वजनिक गरेकोछ।
नारी शक्ति हुन जो बिना यो सन्सारको कल्पना सम्म गर्न सकिदैन। अझ जुन परिवारमा छोरीको बासछ त्यो परिवारमा खुसीको सिमा हुदैन। तर बिदम्बना , सन्सारको रीत भनम या समाजको चलन जब त्यो छोरी आफ्नो जन्म घर छोडेर पराय घरमा आफ्नो नया सम्बन्ध जोडन बाध्य हुन्छिन त्यति बेलाको दुख कति बिदारक हुन्छ सोच्न सम्म सकिँदैन।
 
 
यिनै बेदनाले ओतप्रोत एक मर्म स्पर्सी गीत लाई चम्पन सांस्कृत्क समूहले आफ्नो उत्पादन निकै लोकप्रिय चलचित्र ूभौंराू मा समाहित गरेकोछ। फिरोज चौधरीको शब्द तथा बिकास चौधरीको संगीत रहेको गीतमा बिकास चौधरी , कर्णराज गिरी र समिक्षा चौधरीले आवाज दिएका छ्न। हरि वाग्ले द्वारा निर्देशित गीतमा सोनु थारु , नन्दु राज चौधरी , वीर चौधरी , रीमा चौधरी , कृष्ण चौधरी , श्रीनारायण बखरिया, मीना चौधरी, फिरोज चौधरी, हरी चौधरी, रोसन रत्गैँया, रोसन चौधरी,  लगायतका कलाकारहरुले अभिनय गरेका छन।
 
 
गीतलाई चम्पन सांस्कृतिक समुहले केही दिनमा आफ्नो अफिसियल युट्टुब च्यानल मार्फत सार्वजनिक गरेको छ ।
 
https://www.youtube.com/watch?v=kEZWrC2FTes

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by