बस दृघर्टनामा परि १ जनाको मृत्यु÷४ जना गम्भीर घाईते÷१३ जनाको अवस्था सामान्य ।

img-featured

 
बस दृघर्टनामा परि १ जनाको मृत्यु÷४ जना गम्भीर घाईते÷१३ जनाको अवस्था सामान्य ।
जेष्ठ २४ लम्की कैलाली
देवानन्द न्यौपाने
कैलालीको लम्की टीकापुर सडक खण्ड अनतरगत जानकी गाउपालिका ९ पथरैया अमौरामा बस दृघर्टना हुदा आज एक जनाको मृत्यु भएको छ, भने १७ जना घाईते भएका छन । टीकापुर देखि नेपालगञ्ज तर्फ जादै गरेको ना ५ ख ५३० नम्बरको बसले अर्को सवारी साधानलाई ओभरट्याक गर्न खोज्दा बस सड्क देखि तल खाल्डोमा पल्टीएको प्रहरीले जनाएको छ । दृर्घटनामा परि टीकापुर १ का अन्दाजि ४० बर्षिय जोधि प्रसाद चौधरीको  मृत्यु भएको छ  । घटनामा परि गम्भीर घाईते ४ जनालाई नेपालगञ्ज मेडिकल बलेज कोहोल्पुर रेफर गरीएको छ भने १३ घाईतेको अहिले टीकापुर अस्पतालमै उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by