रिहार साहित्यिक मिलन कार्यक्रमसंगै पदयात्रा

img-featured

 
रिहार साहित्यिक मिलन कार्यक्रमसंगै पदयात्रा
लमही, २८ जेठ  
देउखुरी गजल अभियान दाङ र सर्वदा साहित्य समाज नेपालगञ्जको संयुक्त आयोजनामा ‘रिहार’ साहित्यिक मिलन कार्यक्रम सम्पन्न भएको छ । 
साहित्यकार एवम् लेखक नीमबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा दाङ, बाँके, बर्दिया, रोल्पा लगायतका जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको थियो । सो अवसरमा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको निवर्तमान अध्यक्ष एवम् सल्लाहकार खगेन्द्र गिरि कोपिलाले केही वर्ष यता दाङ र बाँकेका साहित्यकारहरुको साहित्यिक भेटघाटमा साहित्यका बारेमा गरिने छलफल र अनुभावले लेखनमा उत्कृष्टता ल्याएको विश्वास व्यक्त गर्दै यसले छिमेकी जिल्लाका साहित्यकारहरु बीचको आत्मीयता पनि बढाएको बताउनु भयो । सोही अवसरमा रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय महासचिव नारायण योगीले साहित्यलाई सतही ढंगले मनोरञ्जनका लागि मात्रै लेख्नुभन्दा मानवीय संवेदना र राष्ट्रियताका पक्षमा लेखिनु पर्नेमा जोड दिनु भयो । 
थारु भाषा तथा साहित्य संरक्षण मञ्चका अध्यक्ष छविलाल कोपिलाको ‘भन्सरिया’ शीर्षकको कविताबाट शुरु भएको कार्यक्रममा गजल अभियान दाङका सचिव भवानी न्यौपाने ‘भावना’, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य दीपा धिताल, उदाहारण समुहका नवीन शर्मा, शारदा धिताल, महेन्द्र रोका ‘अदृश्य’, श्रीधर भण्डारी, डम्मर थापा ‘आश्रित’,  प्रकाश ‘विलभ’ संगमले देशको अस्थीर राजनीति, राष्ट्रियता र राष्ट्रप्रेमका भाव बोकेका कविता वाचन गर्नु भएको थियो भने के.डी.एकल, छविकिरण वली, अभि क्षेत्री ‘समर्पण’, प्रीति प्रतिक्षा, बलबहादुर जिएम, अर्जुन वली, मानबहादुर चौधरीले केही श्रृंगारिक, केही देशभक्त तथा केही कला संस्कृतिप्रति देखाइएका गजलीय भावहरु प्रस्तुत गर्नु भएको थियो ।
प्रगतिशील लेखक संघ नेपाल बर्दियाका सचिव श्रीधर भण्डारीको आकर्षक कार्यक्रम संचालनबाट अगाडि बढेको कार्यक्रममा गजलकार प्रीति प्रतीक्षाको जन्म दिनको अवसरमा समपूर्ण सहभागीहरुले शुभकामना पनि व्यक्त गरेका थिए र कार्यक्रमपछि रिहारबाट शुरु गरी तेलिया, कोलतारा, भ्यूसनपुर हुँदै च्याउखोलासम्मको करिब साढे चार घण्टाको साहित्यिक पदयात्रा पनि सम्पन्न गरेको थियो । 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by