मतदाता शिक्षाको अभावमा मतदाता स्थानिय अन्यौलमा।

img-featured

 

जिल्ला र्निबाचन कार्यालय द्धारा संञ्चार माध्याम माथि विभेद् ।

देवानन्द न्यौपाने कैलाली, लम्की अषाढ ३  / कैलालीको दक्षिण पुर्बिक्षेत्रका स्थानिय निर्बाचनमा मतपत्रमा कसरी मत हाल्ने  भन्ने बारेमा अन्योलमा परेका छन । स्थानिय  तहको निर्बाचन हुन ११ दिन मात्र बा“कि रहदा सम्म पनी कैलालीका अधिकाशं मतदाताले मतदाता शिक्षाको बारेमा ज्ञान नपाउदा अन्यौलमा परेका छन । लामो मतपत्र रहेको र कसरी मतपत्रमा स्वस्तीक छाप लगाउने भन्ने बारेमा स्थानिय अन्यौलमा परेका हुन । बिभिन्न राजनितिक दलका उम्मेदावारले निर्बाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरकिाले मतदाताका बिच जाने गरेको भएपनी जिल्ला निर्बाचन कार्यालयले खटाएका भनीएका मतदाता स्वयम सेवक स्थानियको घरदैलोमा पुग्न सकेका छैनन् । स्रोतका अनुसार मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयम सेवक पनी कसैको घरमा जाने कसैको घरमा नजाने भेटीएको छ ।
 
 र्निबाचन आयोगले मतदाता शिक्षा सम्बन्धी सञ्चार माध्याममा प्रसारण र प्रकाशन गर्न सदरमुकाम मात्र केन्द्रित गरेपछि जिल्लाको पुर्बि दक्षिणि भेगका ग्रामिण बस्तीमा मतदाता शिक्षा प्राय शुन्य देखिएको छ । जिल्ला निर्बाचन कार्यालय कैलालीको बिभेद्कारी नितिका कारण निर्बाचनमा अधिकाशं मत बदर हुने सम्भावना छ । मतदातालाई मतदानमा सहयोग पुग्ने निर्बाचन सम्बन्धी रेडियो कार्यक्रम, निर्बाचनमा मतदाता, राजनितिक दल र उम्मेदावारले गर्न हुने – नहुने सम्बन्धी जनचेतना मुलक सुचना र रेडियो जिङ्गल समेत जिल्ला निर्बाचन कार्यालयले आफुखुसि सदरमुकाम केन्द्रित गरी बाडेको छ ।
 
सदरमुकाममा भन्दा बढी सञ्चार माध्यामा रहेको जिल्लाको मध्यवर्ति क्षेत्र, दक्षिणपुर्वि क्षेत्रमा भने जिल्ला निर्बाचन कार्यालय कैलालीले बिभेद् गरेको पाइएको छ । जसको प्रत्यक्ष प्रभाव निर्बाचनको मतदान पर्ने निश्चीत देखिएको छ ।
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by