आफ्नै आमाले पारिन २ नावालक छोरी बेपत्ता

img-featured

बिभिन्न सञ्चार माध्यममा बिचित्र संसार भनेर राखेका लेख÷समाचार जस्तै अचम्म,अपत्यारिलो यो समाचारले पनि तपाइहरुलाई बिश्वास नलाग्न सक्छ । यो सत्य घटनामा आधारित समाचार हो, कैलालीको लम्कीचुहा को । लम्कीचुहा नगरपालिका २ मोतिपुरमा बस्ने २६ वर्षिया आमा लक्ष्मी जैशी कठायतले आफैले जन्माएकी २ वर्षिया नावालक छोरी दिपिका र ५ वर्षिया नावालक छोरी कमलालाई बेपत्ता बनाएकी छन् । यहि असार २१ गते बिहान घरबाट ३ नावालक सन्तान बोकेर साझ घर फर्किएकी लक्ष्मीले २ सन्तानलाई बेपत्ता पारी ९ महिनाका दुधे छोरालाई मात्र साथमा लिएर फर्किएको पारिवारिक स्रोतको भनाई छ ।
 
साझ रात परिसकेपछि परिवारका अन्य सदस्यले साथमा लिएर गएको दुई छोरीको खोज खबर गर्दा ति निरही आमा लक्ष्मीले कसै संग कर्णाली नदीमा बगादिएको त कसै संग कुनै अपरिचित ब्याक्तिले लिएर गएको कसै संग आफ्नो प्रेमीले लिएको बताउदै आएकी छन् ।
२ नावालक छोरीलाई बेपत्ता पारेको हुन सक्ने आशंका लागेपछि उहाँका आफन्तले ईलाका प्रहरी कार्यालय लम्कीलाई दिएको उजुरी का आधारमा असार २२ गते प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ ।
 
२ दिन देखि प्रहरीको नियन्त्रणमा रहेकी लक्ष्मीले प्रहरी संगको बयानमा कहिले कर्णाली नदीमा बगादिएको त कहिले अपरिचित ब्याक्तिले लिएर गएको त कहिले आफ्नो प्रेमीले लिएको बयान दिएको प्रहरीले जनाएको छ । बालक बेपत्ता भएको २ दिन बितिसक्दा पनि प्रहरी ले कुनै कुरा पत्ता लगाउन सकेको छैन । घटनाको बारेमा सत्य तथ्य पत्ता लगाई आफ्नै आमाबाट बेपत्ता पारिएका नावालिकाको स्थीति पत्ता लगाउन स्थानियले प्रहरी समक्ष्य जोडदार माग गरेका छन । २६ वर्षिया लक्ष्मी जैशी कठायतका श्रीमान बिगत लामो समय देखि रोजगारीको शिलसिलामा भारतमा बस्दै आएका छन् । एक ८ वर्षिया छोरी सहित ४ सन्तानकी आमा लक्ष्मी जैशी कठायत लम्कीचुहा २ मोतिपुर स्थीत घरभाडामा बस्दै आएको बुझिएको छ ।

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by