उद्योग वाणिज्य संघले काम गर्न नसकेको भन्दै लम्कीमा वजार व्यावस्थापन समिति गठन

img-featured

 
 
उद्योग वाणिज्य संघले काम गर्न नसकेको भन्दै लम्कीमा वजार व्यावस्थापन समिति गठन
युवराज न्यौपाने
लम्की असार २८
  लम्की चुहा उद्योग वाणिज्य संघले समग्र लम्की वजारको विकास र वजार व्यवस्थापनमा चासो नदिएको भन्दै लम्कीमा व्यावसायीले आज लम्कीमा लम्की वजार व्यवस्थापन समिति गठन गरेका छन् । आज लम्की वजारमा भेला भएका व्यावसायीहरुले  युवा व्यवसायी दिपक कुमार तिमिल्सेनाको अध्यक्षतामा ३१ सदस्यीय लम्की वजार व्यावस्थापन समितिको तदर्थ कमिटि गठन गरिएको हो । लम्की वजारमा रहेको व्यापारी , व्यावसायीको हक हित तथा लम्की वजार क्षेत्रमा रहेको विद्यमान समस्याहरुलाई पहल गरी व्यावस्थीत वजार निमार्णका लागी वजार व्यावस्थापन समिति गठन गरिएको आज गरिएको निर्णयमा उल्लेख गरिएको छ । समतिले समग्र लम्की वजारको व्यावस्थापनमा विषेश पहल चाल्ने अध्यक्ष तिमिल्सेनाले वताएका छन् । नव गठीत समितिको उपाध्यक्षमा पुष्पराज ढकाल, सचिवमा मनिष न्यौपाने,कोषाध्यक्षमा सन्तोष कुमार ओली चयन भएका छन् । यसै गरी लम्की वजार व्यावस्थापन समितिको सदस्यहरुमा डिल्लीराम पौड्याल,रमेश रावल,कृष्ण थापा,विजय राठौर,राज व।शाही,मनिष थापा,अशोक डाङ्गी,प्रकाश विष्ट,तिलक देवकोटा,खेम खत्री,तपेन्द्र ढकाल,वखत भण्डारी,महेश रावल,जनक वुढा क्षेत्री,प्रकाश केसी,नारायण तिमिल्सेना,खकेन्द्र धमाला,सन्तोष सापकोटा,हृदय वजगाइ, काँशीराम ओली र दमनध्वज विष्ट लगायतका रहेका छन् । यसै गरी वैठकले लम्कीका व्यावसायी पंकज अग्रवालको असामयीक निधनमा शोक प्रस्ताव पारीत गर्दे एक दिने लम्की वजार वन्दलाई समर्थन गर्ने निर्णय समेत गरेको समितिका सचिव मनिष न्यौपानेले जानकारी दिनुभयो ।

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by