थारु भाषाको चलचित्र ‘लाज’ अमेरिकामा हुने फिल्म महोत्सवमा छनौटमा

img-featured

 
 
 थारु भाषाको चलचित्र ‘लाज’ अमेरिकामा हुने फिल्म महोत्सवमा छनौटमा
 
लम्की, कैलाली
२३ औ विश्व आदिवासी दिवसको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवमा सुशन प्रजापतिले निर्देशन गर्नु भएको थारु भाषाको चलचित्र ‘लाज’ लघुचलचित्रको सूचीमा परेको छ । यस अघि कोरिया, क्यानाडा लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन भइसकेको ‘लाज’मा छविलाल कोपिला, सीता दहित, अजित लामिछाने लगायतको प्रमुख भूमिका रहेको छ ।
अगष्ट २५ देखि २७ तारिख सम्म न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि तिन चरणमा छनोट प्रक्रिया गरिएको थियो । पहिलो दोस्रो र तेस्रो सम्म आउँदा ११ चलचित्रहरु अन्तिम छनोटमा पर्न सफल भएका छन् । चलचित्र छनोट समितिमा डा। कृष्ण भट्टचन, निर्देशक छिरिङ रितार शेर्पा, भाषाविद् अमृत योञ्जन तामाङ, बरिष्ठ निर्देशक नवीन सुब्बा र आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार रहेका थिए । महोत्सवमा बिभिन्न जातिका ७ लामा चलचित्र र ४ लघु चलचित्रहरु अन्तिम सूचीमा परेका हुन् ।
महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका –९फिप्ना०को मुख्य आयोजनामा ३ दिन आयोजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ भन्दा बढी चलचित्रहरु दर्ता भएका थिए । छनोट भएका लामा चलचित्रहरुमा अनिल बुढामगर द्धारा निर्देशित लोम्बा ९मगर०, हेलुक्व९लिम्बु०, कृषा गौतमी९नेवार०, मैंरिमो९गुरुङ०, सुम्निमा९राई०, मेम ताबाम्ही९तामाङ०, र शेरडा९मुस्ताङ० रहेका छन् । यसैगरी छनोट भएका लघु चलचित्रहरुमा फेके९मुगाल०, बन्ठी९माझी०, कल्ली९नेवार० र लाज९थारु० रहेका छन् ।
छनोट भएका ७ लामा चलचित्र मध्येले बिभिन्न १० बिधामा प्रतिष्पर्धा गर्नेछन् । उक्त चलचित्रहरुबाट सर्बोकृस्ट चलचित्र, निर्देशक,अभिनेता, अभिनेत्री, कथा, छायाँकार, सम्पादन, भेषभुषा, संगीत र पब्लिक च्वाईसको बिभिन्न विधामा अन्तिम प्रतिष्पर्धा गराईने आयोजकले जनाएको छ । छनोट भएका ४ लघु चलचित्रको हकमा भने सर्वोत्कृष्ट शर्ट फिल्म र पव्लिक च्वाईसको लागि मात्र प्रतिष्पर्धा गराईने छ । जसमा कल्ली९नेवार०, फेके९मुगाल० र पुवालो९राई० गरी ३ लघु चलचित्र छनोटमा परेका छन् ।
महोत्सवमा फिप्नाका सम्पूर्ण सदस्य संस्था, आदिवासी जनजाति चलचित्र महासंघ ९फिन्फी० र ईन्डिजिनियस फिल्मस् अकाईभ ९आईफा० महोत्सबको सह–आयोजक र नेपाल चलचित्र बिकास बोर्ड र नेपाली महावाणिज्य दुतावास न्युयोर्क महोत्सवका बिशेष सहयोगी संस्था रहनेछन् ।

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by