गायिका सरु गौतम काभ्रे सेवा समाज युएईद्धारा सम्मानित

 

काठमाडौ । हट, बोल्ड एण्ड ट्यालेण्ट गायिका भनेर चिनिएकी कला र गलाकी धनी गायिका सरु गौतम युएईमा सम्मानीत भएकी छन् । झापाली समाज युएईले आयोजना गरेको तिज बिशेष कार्यक्रममा भाग लिन युएई पुगेकी गायिका गौतमलाई काभ्रे सेवा समाज युएईले सम्मान गरेको हो ।

नेपाली काला संस्कृतिको जगेर्ना गर्दै स्वदेश तथा बिदेशी भुमीमा पनि नेपाली कलाकारीताको पहिचान गराउन सफल गायिकालाई काभ्रे सेवा समाज युएईले एक बिशेष कार्यक्रम आयोजना गरि सम्मान गरेको थियो । समाजका अध्यक्ष दील लामा, संरक्षक दामोदर दाहाल, समाज सेवी लक्ष्युमण काफ्ले लगायत काभ्रे सेवा समाजका थुप्रै सदस्यहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा गौतमलाई सम्मान पत्र र मायाको चिनोको साथमा खादा ओडाएर सम्मान गरिएको थियो ।


उक्त सम्मान कार्यक्रमकै अबसरमा समाजका संरक्षक दामोदर दाहाल र कोषाध्यक्ष रबिन तामाङले समाजका अध्यक्ष दील लामाको जन्मदिन पनि परेको हुँदा सरप्राईज स्वरुप बर्थडे केक सहित शुभकामना दिएका थिए । उक्त कार्यक्रममा उपस्थित सबैले गायिका गौतमलाई खादा ओडाएर सम्मान गर्नुको साथै समाजका अध्यक्ष लामालाई जन्मदिनको शुभकामना दिएका थिए ।

radio programs

View All
  • On air -by
  • up next -by