मुस्लिम समुदायमा सहभोज कार्यक्रम कैलालीको जानकी गाउपालिकामा सम्पन ।

img-featured

 
 
नेत्र प्रसाद न्यौपाने, जानकी गाउ“पालिका भदौ १५ /कैलालीको जानकी गाउपालिकामा मुस्लिम समुदायमा रहेको मदरसा अहले सुन्नत गुल्सने चिस्तीयामा सहभोज कार्यक्रम सम्पन भएकोे छ । दिगो विकासका लागी शान्ति प्रयास कार्यक्रम अन्तर्गत बाल कल्यण संघ टिकापुरको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
 
कार्यक्रममा हिन्दु धर्मका धर्मशास्त्री रामकृष्ण दाश,ईसाईधर्मका पास्टर भोजराज चौधरी ईस्लाम धर्मका धर्मशास्त्री मौलाना सलिम कादरिले आ आफनो धर्मका बारेमा आफनो विचार राखेका थिए । कार्यक्रममा धर्मशास्त्री हरुले कुनै धर्ममा पनि अपसि कलह, द्धन्द, हिंसा र आसान्ति गर्न नहुने बताएका छन ।  कार्यक्रममा जानकी गाउपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरी प्रमुख अतिथी रहनुभएको थियो भने जानकी गाउपालिकाका वडा नम्बर ५का वडा अध्यक्ष भिम थारु विशिष्ट अतिथी रहनुभएको थियो ।
 
मदरसा अहले सुन्नत गुल्सने चिस्तीयाका अध्यक्ष सबिरअलि जागाको सभापतित्वमा शुरु भएको  सहभोज कार्यक्रममा साविक पथरैया गाविसका पुर्व अध्यक्ष टेक बहादुर बम,बाल कल्यण संघ टिकापुरका कार्यक्रम निर्देशक अजयानन्द शर्मा,जिल्ला युवा संजाल कैलालीका सचिब नेत्र प्रसाद जैसी, बाल कल्यण संघ टिकापुरका नयनतारा श्रेष्ठ, समाजसेवी जनक थापा,रामकृष्ण रेग्मी,उदयराम खत्री,अईबरराम चौलागाई,बासमती चौधरी,भिम बहादुर थारु,निर्मला विश्वकार्म,कलावती चौधरी लगायतले शुभकामना मन्वत राख्नुभएको थियो ।  प्रमुख अतिथीको आसन बाट बोल्दै गाउपालिका अध्यक्ष चौधरीले आफु पहिले देखी नै मुस्लिम समुदायको हक अधिकारका लागी लडढै आएकाले मदरसालाई र समग्र जानकी गाउपालिकाका मुस्लिम समुदायको हकहितकालागी सधै सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।
 
मुस्लिम समुदायका अगुवा मोहम्द नबि जागाको स्वागत मन्तवय संगै शुरु भएको कार्यक्रमको सन्चालन सहिद अलि जागाले गरेका थिए । सहभोज कार्यक्रम अझै हिन्दु धर्म मान्ने र ईसाई धर्म मान्ने समुदायमा समेत रहेको बाल कल्यण संघ टिकापुरका कार्यक्रम निर्देशक अजयानन्द शर्माले जानकारी दिनु भएको छ ।
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by