गैह्र आबाशिय नेपाली संघ पोर्तुगल को आसन्न निर्वाचन को तयारी तिब्र ।

img-featured

 
 
गैह्र आबाशिय नेपाली संघ पोर्तुगल को आसन्न निर्वाचन को तयारी  तिब्र ।
भाद्र १६
 
 
गैह्र आबाशिय नेपाली संघ पोर्तुगल को आसन्न निर्वाचन को लागि यतिबेला पोर्तुगलमा छेत्रीय तदर्थ समिती गठन प्रकृया ले तिब्र रुप लिएको छ । आगामी सेक्टेम्बर ११ मा हुने अधिबेशन का लागि बुधवार बेजा जिल्ला को जम्बुजेरा मा अलेन्तेजो क्षेत्र का लागि तदर्थ समिती को गठन भएको छ  ।  पोर्तुगल को लिसबन पछी सम्भत सबैभन्दा बढी अप्रबासी नेपाली हरु को बसोबास रहेको त्यस क्षेत्रमा आउदो अधिबेशनका  लागि बिशेष महत्व राख्ने पाईन्छ । ब्यवसायी दीपेन्द्र आचार्य बाद्सा को सभापतित्वामा भएको उक्त भेलाले गैह्र आबाशिय नेपाली संघ अलेन्तेजो क्षेत्रका लागि जनसंपर्क समिती अलेन्तेजो का उपाध्यक्ष बिनोद अधिकारी को नेतृत्वमा १७ सदसिय तदर्थ समिती गठन गरीएका छ । भेलाले उपाध्याक्षमा जनप्रगतिशिल मञ्चका तर्फ बाट  नारायण भुर्तेल ,आदिबाशी जनजाती का तर्फबाट ईन्द्र रोका मगर ,प्रबासी नेपाली मञ्चका तर्फ बाट मोहन मरासनी ,र जनसंपर्क समिती का तर्फ बाट शिवभक्त वाग्ले, सचिब मा बिपिन अर्याल, सहसचिब मा गोकुल  केसी ,प्रबास चौरेल तथा कोसाध्यक्षमा बिनिता श्रेष्ठ र शुसिलराज अर्याल,मान बहादुर छ्रेत्री,शक्ती लामा,नर बहादुर रोक्का,नबिन पाण्डे,तिलक पुन,बुधराज रेग्मी ,मिलन थापामगर क्रमश सदस्य मा चुनिएका छन । पोर्तुगल मा अप्रबासी नेपाली हरु को संख्या बढीरहेको अवस्थामा बिभिन्न संघ सस्था मार्फत त्यहाँ का नेपाली हरु का  बिभिन्न समस्या लाई सहयोग पुर्याउने उदेश्य लिएका जनसमपर्क समिती का केन्द्रिय  उपाध्यक्क्ष तथा एन आर एन पोर्तुगल का सल्लाहकार तिलक गैह्रे को बिशेष सम्योजक्त्वमा भएको उक्त भेला मा केन्द्रिय प्रतिनिधि नरेन्द्र हमाल को बिशेष आतिथ्य रहेको थियो भने नेपाली कल्चर असोसिएसन का अध्याक्ष भुपेन्द्र बस्नेत,जनसंपर्क समिती अलेन्तेजो का सभापति ओकिल केसी,प्रबासी नेपाली मञ्चका बम बहादुर जिसी ,एन आर एन पोर्तुगल कि केन्द्रिय सदस्य गीता राना,युबा ब्यबसायी प्रकाश कडरिया,नेपाल दलित संघका केन्द्रिय सदस्या श्याम नेपाली ,कलाकार जेबी ओलीको लगायतको उपस्थिती रहेको थियो । भेलामा बोल्दै नरेन्द्र हमाल ले पहिले को तुलना मा एन आर एन को  बडि सक्रियताले नै अप्रबासी नेपाली को हकहित मा लडन सक्ने भन्दै नवनिर्बाचित समिती लाई बधाई शुभकामना  दिनु भएको थियो ।  नेपालो कल्चर एसोसिएसन का अध्यक्ष भुपेन्द्र बस्नेत ले एन आर एन पोर्तुगल को केन्द्रिय उपाध्यक्ष , जनसम्पर्क समिती अलेन्तेजो का सभापती ओकिल केसि ले केन्द्रिय सदस्य तथा प्रबासी नेपाली मन्छ का बम बहादुर जिसिले केन्द्रिय सदस्या को  उमेदवार घोसना गरेका छन ,उक्त भेला ले चुनेको तदर्थ समिती लाई गैर आबासिय नेपाली संघ पोर्तुगल ले केही दिन भित्र अधिकारिक मान्यता दिने कार्यक्रम संचालक गणेश म्याग्देली बानिया ले बताए ।

 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by