स्थानियतहका जनप्रतिनिधी तथा सरोकारवालाहरुलाई स्वास्थ्य विमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन

img-featured

 
 
नेत्र प्रसाद न्यौपाने भदै,१७ / विगतमा भएको सामुदायिक स्वास्थ्य बिमा कार्यक्रम भन्दा अहिले सञ्चालित सामुदायिक स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जानकी गाँउपालिकाका स्थानिय जनप्रतिनिधीहरु तथा सरोकारवालाहरुसँग स्वास्थ्य बीमा सम्बन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।
 
विगतमा सञ्चालन भएको कार्यक्रममासेवाग्राहीहरुले स्वास्थ्य सेवा पाउनबाट बन्चित हुनुपरेको, विमित सदस्यले निशुल्क औषधी पाउन सहज नभएको, सेवा लिन जाँदा सेवा शुल्क अस्पताललाई दिनुपर्र्ने, जस्ता समस्या देखिएकोले अबको दिनमा यसलाई प्रभावकारी बनाउन जोड दिएका हुन ।
 
२०७३ जेठ १ गतेदेखी सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा अस्पतालबाट सुरुवातमा १६३ वटा औषधी निशुल्क दिने गरिएको भएपनि गत भदौ एक गतेदेखी ९२८ प्रकारका औषधीहरु निशुल्क रुपमा पाउने ब्यवस्था गरिएको कोइकाको राष्टिय स्वास्थ्य बिमा परियोजनाका प्रोजेक्ट म्यानेजर पूर्ण बहादुर थापाले जानकारी दिदै कैलाली जिल्लास्वास्थ्य बिमा सुरु गरिएको नेपालको पहिलो जिल्ला भएकोमा अहिलेसम्म १.८ प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेको बताउनुभयो । 
स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा प्रयोगशाला एक्सरे ईलेक्ट्रो कार्डियोग्राफी ड्रेरेसिङ्ग घाउ चिरफार साधारण चिरफार टाका लगाउने अल्ट्रासाउण्ड ईन्डोस्कोपी,फिजियोथेरापी,अकुपञ्चर प्रजनन् स्वास्थ सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमा सम्म निशुल्क उपचार हुन्छ । त्यस्तै मधुमेह आखा उपचार अक्सिजन सेवा प्रसूति सर्जिकल वार्ड कन्सल्टेन्सी सेवा औषधी पोषण दन्त उपचार सेवा स्वास्थ्य जोखिम परिक्षण क्यान्सर मुटुरोग मृगौला स्पाईनल तथा हाड ईन्जुरी,सिकलसेल,एनेमिया,पार्किन्सन,दम,अल्जाईमर तथा डिमेन्सिया रोगको पनि निशुल्क उपचार रहेको छ । 
सामुदायिक स्वास्थ्य बिमा कार्यक्रमले अति गरिबहरुलाई स्वास्थ्य सेवामा शत प्रतिशत, गरिबलाई ७५ प्रतिशत र सिमान्तकृत गरीबहरुलाई ५० प्रतिशत छुट दिने गरिएको छ । अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथी तथा जानकी गाँउपालिकाका अध्यक्ष प्रदिप चौधरीले स्वास्थ्य बिमा कार्यक्रमलाई जानकी गाउपालिकामा प्रभावकारी रुपमा लागु गर्न सहयोग गर्ने बताउनुभयो । 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by