बधाइ तथा सम्मान कार्यक्रम सम्पन्नं ।

img-featured

 
 
देवानन्द न्यौपाने लम्की भदौ १७ / जिल्ला समन्य समितिका कैलालीका नव निर्बाचित प्रमुख सुर्यबहादुर थापालाले यातायात विकासको मेरुदण्ड भएको  बताउनु भएको छ । यातायात ब्यावसायिले आफुले कष्ट खाएर पनी नागरीकलाई सेवाप्रबाह गरी रहेकोमा धन्यबाद दिदै यातायात क्षेत्रमा लागेका ब्यावसायिहरुको हकहितमा काम गर्न आफु कटीबद्ध रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कर्णाली रिभर साइड यातायात ब्यावसायि समिति लम्कीले शुक्रबार आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख थापाले कर्णाली यातायातले जनतालाई दिइरहेको सेवाको सबैले मुल्याकन गरीरहेको बताउदै अझै सेवामुखि हुन आग्रह गर्नु भएको थियो । लामो समय देखि जन प्रतिनिधि संस्थाहरुले जन प्रतिनिधि पाएपछि जनताका इच्छा आकांशा धेरै रहेको बताउदै यस क्षेत्रको सड्क, पर्यटन र यातायातको क्षेत्रमा आफुले बिशेष पहल गरी रहेको बताउनु भयो । 
 
कार्यक्रममा बोल्दै कर्णाली रिभर साइड यातायात ब्यावसायि समितिका अध्यक्ष धिर बहादुर शाहीले सुदुरपश्चिम यातायातले धनगढीमा रहेको सार्बजनीक बसपार्कमा एकलौटी गदै आएको रजाइको अन्यको लागि पहल गरी दिन आग्रह गर्नु भएको थियो । उप महानगर पालिकाको जग्गामा सञ्चालनमा रहेको धनगढी बसपार्क सुदुरपश्चिम यातायातले अरु यातायात ब्यावसायिका सार्बजनिक यातायातका साधान बसपार्क भित्र पस्न नददिनु अन्याय भएको भन्दै उचित न्यायको पहल गरी दिन आग्रह गर्नु भएको थियो । साथै लम्कीचुहा नगरपालिका लगायत आसपासका क्षेत्रमा नगर वस सञ्चालनको लागि समिति पहल गरी रहेको बताउदै सहयोगको लागि समन्य समितिका प्रमुख संग आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा बोल्दै समितिका कार्यालय प्रमुख लवबहादुर शाहीले नव निर्बाचित समन्वय समितिका प्रमुख थापालाई बधाइ दिदै पर्यटन क्षेत्रमा विकास गर्न जोड दिनु भएको थियो । 
 
लम्की स्थीत आफ्नै सभाहलमा समितिका अध्यक्ष धिरज शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्य समितिका नव निर्बाचित प्रमुख सुर्यबहादुर थापा रहनु भएको थियो । समितिका सदस्य शेरबहादुर भण्डारीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव चन्द्रप्रसाद आचार्यले गर्नु भएको थियो ।
 
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by