बाल सञ्जाल द्धारा आज वडामा जनचेतना मुलक सरसफाइ र्याली ।

img-featured

 
 
देवानन्द न्यौपाने लम्की भदौ, १७ / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा रहेको वडा स्तरीय बाल सञ्जालले आज वडामा जनचेतना मुलक सरसफाइ र्याली निकालेको छ । सरसफाइ सम्बन्धी पप्ले कार्य सहित वडा स्तरीय बाल सञ्जालमा आबद्ध करीब एक सय बढी बालबालिकाले सरसफाइ कार्यक्रममा सहभागिता जनाएका थिए । बाल बालिकाले वडा नम्बर ६ को तिलका गाउ बाट शुरु गरेको र्याली वडाका बिभिन्न सडकमा हुदै वडा परिक्रममा गर्नुका साथै सड्का रहेको फोहार, निमार्ण समग्री, गाइगोरु ह्टाउन अभिभावक संग आग्रह समेत गरेका थिए । 
 
खालि भएको समय सदुपयोगको लागि साथै दुब्र्यशनीमा बालबालिका, युवा युवतिहरु न्लागि सामाजिक कार्यमा लाग्नु पर्छ भन्ने सन्देश दिन गाउमा सरसफाई  र्यालि निकालेको वडा स्तरीय बाल सञ्जालका अध्यक्ष धिरज भण्डारीले बताउनु भएको  छ ।
 
 
वडा स्तरीय बाल सञ्जालका अध्यक्ष धिरज भण्डारीको सभापतित्वमा भएको सरसफाई कार्यक्रमको उद्घाट शत्रका प्रमुख अतिथी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का जन निर्बाचित वडा अध्यक्ष नेत्र सुनाखरी मगर रहनु भएको थियो । भने विशिष्ट अतिथीमा नगर बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिति लम्कीचुहाका अध्यक्ष मोतिप्रसाद उपाध्याय रहनु भएको थियो ।
 
कार्यक्रममा वडा सदस्य कमानसिंह देउवा, नगर बालअधिकार संरक्षण समिति लम्कीचुहाका उपाध्यक्ष जुगराम चौधरी, नगर बालअधिकार संरक्षण समिति लम्कीचुहाका सह सचिव तथा सामुदायिक रेडियो पश्चिम आवाज लम्कीका स्टेशन म्यानेजर देवानन्द न्यौपाने, चुहा खानेपानीका अध्यक्ष रुपा ऐडि, सम्भु सुनन्दा युवाक्लवका अध्यक्ष लोक बहादुर वि.क., महिला स्वाथ्य स्वयम सेविका विष्णु विनाडि, नगर बालअधिकार संरक्षण समितिका दुर्गा ऐडि लगायतकाको सहभागिता रहेको थियो । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by