गाउ“ सुधार समाज नेपाल द्धारा बाढी पिडित लाई राहात वितरण ।

img-featured

 
 
देवानन्द न्यौपाने लम्की, भदौ १८ / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ५, ७ र ९ नम्बर वडाका बाढी पिडित लाई आज राहात वितरण गरीएको छ । गाउ“ सुधार समाज नेपालको सहयोगमा लम्कीचुहाका वडा नम्बर ५, ७ र ९ का १५ घर परिवार  बाढी प्रभावितहरुलाई राहात सामग्री वितराण गरीएको हो । केहि समय अगाडि कैलालीको दक्षिण पुर्वि क्षेत्रमा आएको बाढीले यस क्षेत्रका ३ हजार ५ सय घरपरिवार विस्थापित भएका थिए । 
 
जसमा लम्कीचुहा नगरपालिकाका वडा नम्बर १ कुन्टीखेत, बल्चौर, ब्यावस्थीत नगर, चौरी, थापापुर, प्रतापपुर, खरौला, सुतैया, चुहा, गुलराका गरी करीब एक हजार घर बाढी बाट प्रभावित भएका थिए । अति प्रभाति घरधुरीलाई सर्बेक्षण गरी बाढीले घरभित्रको अन्न्पात सबै नष्ट गरेको, निम्न आयस्तर भएका विपन्न परिवारका पिडितलाई अष्ट्रेलियामा रोजगार तथा पढाइको क्रममा रहेका लम्कीचुहाका नेपाली नागरीक प्रकाश धमाला, विना धमाला के.सि., लक्ष्मी जैसि, निर्मला धमाला, मञ्जु धमाला, करुणा शाहीले संकलन गरेको संस्थालाइ पठाएको सहयोगले राहात वितरण गरेको गाउ“ सुधार समाज नेपालका प्रमुख दिपक कुमार तिमिल्सैनाले बताउनु भएको छ । पिडितलाई संस्थाले एक कट्टा चामल, एक पानिखाने बाल्टीङ्ग, एक जग दिएको थियो । भने संस्थाले कुन्टी खेल लगायतका अन्य ठाउका बाढी पिडितलाई पिडितको अवस्थाहेरी राहात वितरण गरीने समाजका प्रमुख तिमिल्सैनाले सामुदायिक रेडियो पश्चिम आवाजलाई बताउनु भएको छ ।
 
 
राहात वितरण पछि पिडित जनक चौधरी, कालि चौधरी, महामति ढोली, स्वागत मिजार, अनिता विक, पानसरा बुढामगर, गगनसरा लुहार, विर्ख बहादुर घर्ति,  कृष्णा सञ्याल, ढाके लुहार, हिरा.क., पुनादेवि जैशी, हर्के वि.क. पदमा जैशी र पिड्ढी वि.क. लगायतका घरपरिवारले संस्थालाई धन्यबाद दिएका थिए । प्रतिक्रियामा समाजका प्रमुख तिमिल्सैनाले आपत विपतमा परेका, जोखि, अतिपिपन्न, गरीब, दलित, अल्पसंख्यक, असाहाय तथा पिछडा बर्गको सुख दुखमा साथ सहयोग र सहकार्यका लागि संस्थाको स्थापना भएको भन्दै  गाउ“ सुधार समाज नेपाल सधै तपाइहरुको साथमा रहने बताउनु भयो ।
 
गाउ“ सुधार समाज नेपालका प्रमुख दिपक कुमार तिमिल्सैनाको अध्यक्षतामा भएको राहात वितरण कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ५ की जन र्निबाचित वडा अध्यक्ष माया विष्ट, नेपाल रेडक्रस जिल्ला शाखा कैलालीका कार्यबाहक कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सचिव विनोद आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सदस्य तथा सामुदायिक रेडियो पश्चिम आवाज लम्कीका स्टेशन म्यानेजर  देवानन्द न्यौपाने, पत्रकार रमिति पाण्डे, लगायतकाको सहभागिता रहे्को थियो । कार्यक्रमको सञ्चालन धर्मराज न्यौपानेले गर्नु भएको थियो ।
 

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by