आर.एम.ई.स्कूल टीकापुर द्वारा अन्तराष्ट्रिय अवार्ड प्राप्त ।

img-featured

 
 
 
लोकेन्द्र रावल टीकापुर, १८ भदौ / टीकापुर स्थित आर.एम.ई.स्कुलले ब्रिटिस काउन्सिलले प्रदान गर्ने अन्तराष्ट्रिय बिद्यालय  अवार्ड प्राप्त गरेको छ । स्कूलले पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएको हो । सन् २०१७ देखी २०१९ सम्मका लागि बिद्यालयले सो अवार्ड प्राप्त गरेको हो । 
 
देश भरका १ सय १७ विद्यालय मध्ये आर.एम.ई लगायत २५ विद्यालयले यो अवार्ड प्राप्त गरेका हुन् । काठमाण्डौमा आयोजित समारोहमा विद्यालयलाई बेलायती राजदुत रिचार्ड मोरिजले अवार्ड प्रदान गरेको प्रधानाध्यापक तेजराज खनालले जानकारी दिनुभयो । उहाँले ब्रिटिस काउन्सिलले मान्यता प्रदान गरेको अन्तराष्ट्रिय स्तरको पाठ्यक्रममा आधारित कोर्श पूरा गर्न सफल भएकोमा अवार्ड प्राप्त गरेको बताउनुभयो ।
 
बिद्यालयका  प्रिन्सिपल खनालले स्कूलले १०ं२ को स्वीकृत पाईसकेको हुँदा आगामी शैक्षिक शत्रदेखि १०ं२ को पढाई हुने बताउनभयो । उहाँले बिज्ञान संकाय र ब्यावस्थापन संकायमा अध्यापन गराईने बताउनुभयो । न्तराष्ट्रिय बिद्यालय अवार्डका लागि पाठ्यक्रम अन्र्तगत विद्यालयका करिव ८० प्रतिशत विद्यार्थीहरुले अन्य मुलुकका विद्यार्थीहरुसँग अनलाइन मार्फत पठनपाठन गर्नुपर्ने प्रावधान छ । जसका लागि विद्यार्थीहरुले सामाजिक सन्जाल स्काईप प्रयोग गर्ने गरेका छन । यसका साथै विद्यार्थीले विभिन्न सामाजिक गतिविधि समेत सञ्चालन गर्नुपर्ने आर.एम.ई.स्कूलका आइएसए कोडिनेटर उमापति जोशीले  बताउनुभयो ।  
 
विद्यालयले गत एक वर्षको अवधिमा काउन्सिलले तोकेका ११ वटा एक्सन प्लान पुरा गरेको छ । एउटा विद्यालयलले अन्तिम प्रतिस्पर्धामा सहभागीताका लागि कम्तिमा ८ वटा एक्सन प्लान पूरा गर्नुपर्ने प्रावधान रहेको कोडिनेटर शिक्षक उमा जोशीले जानकारी दिनुभयो । जोशीले निकै चुनौतीका बाबजुद विद्यार्थीहरुले कोर्श पूरा गरेर देशका अन्य उत्कृष्ठ ठहरिएका विद्यालयलाई पछि पार्न सफल भएको बताउनुभयो । 
 
२०६७ सालमा स्थापना भएको यस विद्यालयले अन्र्तराष्टिय मान्यता प्राप्त अवार्ड हासिल गरेकोमा निकै खुशी लागेको विद्यालय सञ्चालक समितिका अध्यक्ष टेकराज रेग्मीले बताउनुभयो । अध्यक्ष रेग्मीले टीकापुरस्थित खाद्यगोदाम घर नजिकै रहेको स्कूलकै जग्गामा बनिरहेको भवन आगामी २ वर्षभित्र निर्माण पूरा गरेर आफ्नै भवनमा पठनपाठन शुरु गराउने जानकारी दिनुभयो । उहाँले आफ्नो विद्यालय गुणस्तरीय शिक्षाका पक्षमा क्रियाशिल रहेको बताउनुभयो ।  
 
 
फोटो क्याफसनः– नेपालका लागि बेलायती राजदुत रिचार्ड मोरिज अवार्ड प्रदान गर्दै स्कूलका प्रिन्सीपल तेजराज खनाल र आर.एम.इं. स्कूलका आइएसए कोडिनेटर उमापति जोशीलाई ।  
 
 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by