असाहाय बालकलाई नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा द्धारा राहात वितरण ।

img-featured

 
देवानन्द न्यौपाने लम्की, भदौ १८ / नेपाल रेडक्रस सोसाइटी  बलिया उपशाखाले लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का २ जना बालकलाई आज  राहात सामग्री वितरण गरेको छ । गरीविका कारण यहि भाद्र १५ गतेका दिन नगरपालिकाको वडा नम्बर ५ कान्छीबजार नजिकै आफन्तको घरमा लामो समय देखि बस्दै आएका ७७ बर्षिय बृखबहादुर घर्तिमगरले घरभित्र आत्महत्या गरेपछि टुहुरा भएका उनका  १३ बर्षिय छोरा डम्मर र १० बर्षिय छोरा चिरञ्जीविलाइ नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाले विद्यालय पोसाक, भाडाकुडा लगायतका सामग्री प्रदान गरेको हो ।
 
 सम्पतीको नाममा कुनै चल अचल सम्पती नभएका ७७ बर्षिय बृखबहादुरले बुढेस कालमा विहान साझको छाकटार्न समेत हम्मे हम्मे परेपछि आत्महत्या गरेका स्थानियले बताएका छन । उनी विगत १५/ २० बर्ष देखि नै आफन्त भाइको घरमा बस्दै आएका थिए । मानसिक सन्तुलन ठिक नभएकी श्रीमति लक्ष्मीलाई समेत सम्हाल्न बृखलाई बोझ भैसकेको थियो ।
 
 बुढा बुवाको साहारामा हुर्किदै आएका ति दुइ बालक बृखको मृत्यु पछि विचल्ली भएको छ । ति बालककी आमा लक्ष्मीलाई भने उल्टै बालकले हेरचाहा गर्नु पर्ने अवस्था छ । बुवाको मृत्यु पछि डम्मर र चिरञ्जीवि आफन्तको घरमा बस्दै आएका छन । १३ बर्षिया डम्मर जनप्रभात मावि तिलकपुरमा कक्षा ८ मा अध्यनरत छन, भने १० बर्षिय चिरञ्जीवि गणेशपुरमा रहेको जनसेवा माविमा कक्षा ४ मा अध्यनरत छन । यि दुइ जना बालक र मानसिक सन्तुलन गुमायकी लक्ष्मी संरक्षण र सहयोग गर्ने दाताको पर्खामा छन । 
 
यसैविच थोरै भएपनि परिवारको सहारा विहिन भएका डम्मबर र बृखलाई सहयोग पुगोस भनेर नेपाल रेडक्रस सोसाइटी बलिया शाखाले राहात सामग्री वितरण गरेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका कार्यबाहक कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय, नेपाल रेडक्रस सोसाईटी बलिया उपशाखाका सचिव विनोद आचार्य, कोषाध्यक्ष प्रेम मुडभरी, नेपाल रेडक्रसका आजिवन सदस्य समेत रहनु भएका नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाका सदस्य तथा सामुदायिक रेडियो पश्चिम आवाजका स्टेशन म्यानेजर देवानन्द न्यौपाने, नेपाल रेडक्रसका आजिवन सदस्य इन्द्रबहादुर शाही, वडा नम्बर ५ का वडा सदस्य भक्त बहादुर बुढामगर र समाजसेवि तथा पिडितका आन्त खडकबहादुर घर्तिमगर लगायतकाको सहभागितामा राहात सामग्री वितरण गरीएको हो ।
 
 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by