बाढी पिडितको गुनासो, खोईत सरकारको राहत क“हा गयो ?

img-featured

 
 
 
 बिनोद देवकोटा बौनिया, भाद्र १९ / कैलालीको बर्दगोरिया गाउ“पालिका वडा नम्बर ४ नौनियाका बाढी पीडितले अहिले सम्म आफुले कुनै निकाय बाट राहत नपाएको गुनासो गरेका छन । गत श्रावण २७ र २८ गते परेको अविरल बर्षा संगै आएको बाढि घरभित्र पसेर विस्थापित भएका नौनियाका स्थानियको घरमा अहिले सम्म कसैको नजर पुग्न सकेको छैन् । बाढीका कारण घरमा भएको अन्नपात ,लत्ताकपडा लगाएतका समान बाढिले नस्ट पारेपछी दैनिक जिवनयापन गर्न समेत उनीहरुलाइ  कष्टकर बन्दै गएको छ । 
 
नौनियाका कतिपय बाढी पिडितहरु अझै पनी आफ्नो घरमा फर्कन सकेका छैनन् । जसरी विस्थापित भएका दिनहरु वित्दै गएका छन्, त्यसै गरी गास बास र कपासको समेत उनीहरुलाइ अभाव हुदै गएको छ । मौषममा सुधार  आइ करीब १५ दिन बढी विति सक्दा समेत उनीहरु   भोक र शोकमै छन् । बाढी पिडितका छोरा छोरीहरु अझै स्कुल जान सकेका छैंनन् । डुबानका कारण घर नै भासीएर आन्तकोमा शरण लिन लिएर आश्रय बनाएका बाढी पिडितलाइ दिन गुजार्न धौ धौ भएको गुनासो गरी रहेका छन । उनीहरुका भत्केकाहरु अझै मर्मत हुन सकेका छैनन्  । 
 
बाढी आएको यतिका दिन बितिसक्दा पनि सरकारी वा गैरसरकारी कुनै पक्षले पनि आफुहरुलाई नहेरेको एक पीडित मझलु कठरियाले बताउनु भयो । सबै आउछन सोधपुछ गर्छन फोटा खिचेर जान्छन तर फर्केर कोहि आउदैनन। अर्का पीडित जुगराम डगौराकोे गुनासो छ  ।
 
बाढीसगै आएको पहिरोले मुढाका खिमा देवि शाहीको घर भत्काएपछी बिस्तापीत भएर आफन्तकोमा बसीरहेको खीमाले बताईन् । भने सोही ठाउका बझावन चौधरी,जुगाराम डगौरा, चुनगुदवा चौधरी,बम्बर थारु लगाएतका ६ घरमा पसेको बाढीले घरमा भएको करीव १५ क्विनटल धान चामल पुर्ण रुपमा नष्ट गरेपछी अहिले कहा जाने के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
 
 घरभित्र पसेको पानी अझैसम्म पनी सुकी नसकेकोले आफन्तकोमा बसीरहेको उनीहरुले गुनासो गरेका छन् । यस्तै, सोही बाढीले कालिका माबी नौनियाको पर्खाल समेत भत्काएको थियो । अझै पनी त्यो बाढीको त्रास मनमा छ । घरमा कापी, कलम पनी बाढीले कती बगायो कती भिजायो, कलम डुबायो अब कसरी पढ्नु, स्कुल कसरी जानु” । 
 
एक बिद्यार्थीले गुनासो गरिन् । अहिले सम्म नत सरकारले नै हेरेको छ नत राहतको नाममा करोडौं रुपया जम्मा गरेका गैरसरकारी संघ सस्थाले नै हेरेका छन । अब राहत दिन आउने कुनै पनि संघ संस्थाहरुलाई यहाका यी पिडितलाइ राहत दिन पनि उनिहरुले आग्रह गरेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।
 
 

radio programs

View All
  • On air -by
  • up next -by