विदेश जाँदा बोक्न पाउने रकममा सीमा तोक्ने तयारी ।

२५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैधानिकरुपमा रेमिटेन्स आउने क्रम सुस्त भएको भन्दै विदेश जाँदा बोक्न पाउने रकममा सीमा तोक्ने तयारी गरेको छ ।

nepali-note
रोजगारी, अध्ययन, भ्रमण र उपचारका लागि विदेश जाँदा बढीमा ५ हजार रुपैयाँसम्म मात्र बोक्न पाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले अनलाइनखबरलाई बताए ।

पछिल्लो अवधिमा रेमिटान्स आप्रवाहको वृद्धिदर घट्दो अवस्थामा भएपछि राष्ट्र बैंकले अनुसन्धान गरेको थियो । अनुसन्धानमा खाडी मुलुक तथा मलेसियामा रहेका रेमिटान्स एजेन्ट र हुन्डी सञ्चालकहरुले नेपालीले कमाएको रकम नेपाल फर्कंदा नेपाली रुपैयाँमा दिने गरेको पाइएपछि राष्ट्र बैंकले विदेश बोक्न पाउने रकममा कडाइ गर्ने तयारी गरेको हो ।
हाल विदेशिँदा कति नेपाली रुपैयाँ बोक्न पाउने भन्ने व्यवस्था छैन ।

रेमिटान्सको वृद्धिदर घटेपछि मुलुकको भुक्तानी सन्तुलन स्थिति पनि कमजोर हुँदै गएको छ । आर्थिक वर्ष ०७०/०७१ मा ३४ प्रतिशतले बढेको रेमिटान्स वृद्धिदर अहिले ३.९ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नयाँ व्यवस्था गरेपछि अध्यागमन विभागलाई पत्राचार गर्नेछ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार विभागका कर्मचारीले विदेश जाने नेपालीले बोक्ने नेपाली रुपैयाँ पाँच हजारभन्दा बढी भए एअरपोर्टबाटै फिर्ता गर्ने छन् ।

 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by