तेस्रो जेटी कप क्रिकेट प्रतियोगिता २०७४ को तयारी पुरा ।

img-featured

 
नेत्र प्रसाद न्यौपाने, लम्की कात्र्तिक १३ / कैलालीको बर्दगोरिया गाउपालिका वाड नम्बर  १ मा हुन गईरहेको जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को तयारी पुरा भएको छ । 
 
जगततारा ईङलिस बोर्डीङ स्कुलको आयोजनामा यही कार्तीक १५ गते देखि ३० गते सम्म राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ सडकपुर बौनियामा जिल्ला विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो । 
 
जगत तारा ईग्लीस बोडिङ् स्कुलले २०७२/०७३ सालमा पनि माध्यमीक विद्यालय स्तरीय क्रीकेट प्रतियोगिता  सफलतापूर्वक आयोजना गरीसकेको  बताइएको छ ।
 यस बर्ष पनि प्रतीयोगिता माध्यमीक तहकै हुने र प्रतियोगिताका नियमहरु सबै उहि रहने तर पुरस्कार रासिमा भने बृद्धी गरीएको जगत तारा ईग्लीस बोडिङ् स्कुलका सस्थापक एकेन्द्र मल्लले सोमबार अयोजित पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
 
 प्रतियोगितामा जिल्लाका करीब १९टिमले सहभागी जनाएका छन । सहभागी टीमलाई ४ समुहमा विभाजन गरिएको छ ।स्थानिय स्तरमा रहेका प्रतिभावान खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको पत्रकार सम्मेलनमा मल्लले बताए । 
 दस हजार पुरस्कार रासिबाट सुरु भएको प्रतियोगितामा यस बर्षको पुरस्कार रासि ४१ ह्जार १ सय ११ रुपया ट्रफी,मेडल र प्रमाणपत्र ,द्धितिय हुनेलाई १७ हजार १ सय ११ रुपया ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरीने छ साथै प्रतियोगिता भरीनै उत्कृष्ट खेलाडीलाई नगद ३ हजार १ सय ११ रुपया ट्रफी,र प्रमाणपत्र,उत्कृष्ट व्याट्स म्यानलाई नगद २ हजार १ सय ११  ट्रफी,र प्रमाणपत्र,उत्कृष्ट बलरलाई नगद २ हजार १ सय ११,  ट्रफी,र प्रमाणपत्र, राईजिङ प्लेयरलाई नगद २ हजार १ सय ११,  ट्रफी,र प्रमाणपत्र प्रदान गरिने छ । दोश्रो चरणका खेलहरुमा प्रत्यक म्याचको म्यान अफ दि म्याचलाई सडकपुर बौनियामा रहेको साईनो होटलले प्रत्येक म्याचमा १ टिसर्ट दिएर प्रायोजन गर्ने भएको छ ।
 
मुडा खेल मैदानमा संचालन हुने प्रतियोगिताका पहिलो चरणका खेलहरु लिग र त्यसपछीका खेलहरु नक आउट सिस्टमको आधारमा संचालन हुने आयोजकले जनाएको छ । खेलको उद्धघाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिहले गर्ने  र समापन एस पी ए कलेज धनगढीका अध्यक्ष तथा धनगढी किक्रेट एकेडेमीका निर्देशक शुभाष शाहीले गर्ने कार्यक्रम समेत तय भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 
 
 
 
 
 

radio programs

View All
  • On air नेपाली सदाबहार गीतहरु -by Non Stop songs
  • up next पुराना हिन्दी गीतहरु -by