अभिमुखिकरण कार्यक्रम लम्कीचुहाको चुहामा सम्पन्न ।

 
लोकबहादुर देउवा, चुहा  कार्तिक २३ / समुदायमा आधारीत नवजात शिशु तथा बालरोग ब्यावस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम लम्कीचुहाको चुहामा सम्पन्न भएको छ । चुहा स्वाथ्य चौकीको आयोजनामा भएको कार्यक्रममा यसक्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । चुहा स्वाथय चौकी ब्यावस्थापन समितिका अध्यक्ष समेत रहनु भएका वडा नम्बर १० का वडा अध्यक्ष हर्कबहादुर कठरीयाको सभापतित्वमा भएको कार्यक्रममा सहभागिहरुलाई प्रशिक्षण स्वाथ्य इन्चार्ज मनीरुप न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा गाउ स्तरमा जन्मेका नवजात शिशुहरुको मृत्यदर कमि गर्नको लागि अपनाउनु पर्ने सुरक्षा लगायत स्वाथ्य सेवाको बारेमा जानकारी दिनु भएको । 
 

radio programs

View All
  • On air थारु भाषाका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by