रानीजमरा कुलरिया सिँचाइ आयोजना बाट ४.८ मेगावाट विद्युत उत्पादन गरिदै ।

img-featured

 
 
 
विरेन्द्र भट्ट, धनगढी  कार्तिक २३ /   प्रदेश नं. ७ को पहिलो राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट १ वर्ष्भित्रै ४ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । उक्त आयोजनाबाट विद्युत् उत्पादन गर्न अहिले टर्वाइन निर्माणको काम भइरहेको छ ।एउटै प्याकेजबाट १ वर्ष्भित्रै विद्युत् उत्पादन गर्ने गरी आवश्यक काम थालिएको आयोजना कार्यालयले बताएको छ । कैलाली जिल्लाको पथरैया गाविसको कटासेनजिकै नहरबाट विद्युत् उत्पादन गर्ने तयारी भइरहेको हो । आयोजनाको मुहान निर्माणको काम सकिइसकेको छ । उनका अनुसार आयोजनाको भौतिकतर्फको ६६ प्रतिशत प्रगति भएको र त्यसका लागि रू. ८ अर्ब १५ करोड खर्च भएको छ ।
पहिलो चरणअन्तर्गत मुहान निर्माणको काम सकिएसँगै नहर निर्माणको काम पनि तीव्रगतिमा भइरहेको आयोजनाका सिभिल डिभिजन इञ्जिनीयर मनीष महर्जनले बताए । उनका अनुसार फिडर नहर निर्माणतर्फ ७ दशमलव ३ किलोमिटरसहित १८ ओटा योजना सम्पन्न भइसकेका छन् । इण्टेक (नदीबाट पानीको बहाव परिवर्तन गर्ने पूर्वाधार) निर्माणको काम पनि सकिएको उनले जानकारी दिए ।
सिँचाइ आयोजनाको प्रमुख पूर्वाधार मानिने इण्टेक निर्माण लक्ष्यअनुसार नै साढे २ वर्ष्भित्र सम्पन्न भएकोे आयोजनाले बताएको छ । कर्णाली नदीमा अवस्थित उक्त आयोजना इण्टेकको निर्माण कार्य सकिएपछि १ सय घनमिटर प्रतिसेकेण्डका दरले पानीको बहाव परिवर्तन भएको आयोजनाका महर्जनले बताए । पानी बहावका दृष्टिले नेपालकै सबैभन्दा ठूलो क्षमताको इण्टेकको २ सय मिटरको मुख्य नहरसहितको निर्माण कार्य रू. १ अर्ब ५ करोड रुपैयाँ लागतमा भएको हो ।
सन् २००८ मा कैलालीको टीकापुरमा कार्यालय स्थापना गरी काम शुरू गरेको आयोजनाको पहिलो चरणअन्तर्गत मुहान निर्माणको काम पनि सकिएको छ । आयोजनाको पहिलो चरणअन्तर्गतको निर्माण कार्यका लागि रू. १ अर्ब ४ करोड ९० लाखमा सम्झौता भएको थियो । आयोजनाको मुख्य निर्माण कार्यमा कर्णाली पुलभन्दा १ सय २० मिटर तल १ सय क्युमेकको स्थायी गेटेड इण्टेक, करीब ९ किलोमिटरको मूल नहर निर्माण, ११ किमी लामो फिडर नहर, ८० किमी लम्बाइको ग्रामीण सडकको सुदृढीकरण र ३८ हजार ३ सय हेक्टर क्षेत्रफलको सिञ्चित क्षेत्र बचावट तथा संरक्षण कार्य रहेको पनि महर्जनले बताए ।
पथरियादेखि कान्द्राखोलासम्म थप १८ हजार हेक्टरमा सिँचाइ सुविधा र्पुयाउन विस्तृत सर्वे गर्न परामर्शदाता छनोट १ साताभित्रै गरिने आयोजनाले बताएको छ । जिल्लाको टीकापुर नपासहित पथरैया, दुर्गाैली, कान्द्रा, पथरिया, जानकीनगर, प्रतापपुुर, धनसिंहपुर, नारायणपुर, बलिया र मुनुवाका गरी कुल ३८ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ र्पुयाउने उद्देश्यले आयोजनाको निर्माण थालिएको हो ।
आव २०६४र६५ मा शुरू भएको सो आयोजना आव २०७४र७५ मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनामा विश्व बैङ्कको ४ करोड ३० लाख अमेरिकी डलर, नेपाल सरकारको ५० लाख अमेरिकी डलर र उपभोक्ताको १० लाख अमेरिकी डलर लगानी रहने आयोजना कार्यालयले बताएको छ ।
महर्जनका अनुसार पहिलो चरणको नहर मुहानदेखि पथरैया गाविसको कटासे बजारसम्म ९ किलोमिटर हुनेछ । आयोजनाअन्तर्गत रानी, जमरा र कुलरिया तीन छुट्टाछुट्टै नहर निर्माण हुनेछन् । पहिलो चरणअन्तर्गत कैलालीको पूर्वी क्षेत्रका नगर तथा गाविसका ३८ हजार ३ सय हेक्टर भूभागमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ ।
विश्व बैङ्कको सहयोगमध्ये ५५ प्रतिशत अनुदान र ४५ प्रतिशत ऋणका रूपमा रहने र उपभोक्ताको अधिकांश रकम श्रमदान र परिचालनबाट पूर्ति गरिनेछ । कर्णाली नदीको पश्चिमी भँगालो झरही नालामा आधारित रानी जमरा कुलरिया सिँचाइ प्रणाली खासगरी १ सय वर्षअघि थारू समुदायको प्रयासबाट थालनी भएको मानिन्छ । आयोजनाको दोस्रो चरणमा जिल्लाको मध्यक्षेत्रमा सिँचाइ सुविधा र्पुयाउने लक्ष्य छ । त्यसअन्तर्गत जिल्लाको ४० हजार हेक्टर भूभागमा सिँचाइ सुविधा पुग्नेछ ।
 

radio programs

View All
  • On air थारु भाषाका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by