बाल विवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

 
 
रंगप्रसाद तिमिल्सैना, लम्की कैलाली कार्तिक २४/ बाल विवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज कैलालीको लम्कीचुहा १ भुरुवामा सम्पन्न भएको छ । बालकल्याण माध्यमिक विद्यालय लम्कीचुहा १ भुरुवामा शुक्रवार स्तरीय कार्यक्रम अन्तर्गत बिद्यालयमा गठित शिर्जनशिल बाल क्लबको आयोजनामा भएको कार्यक्रममा बाल विवाह, बाल विवाहका असरहरुका बारेमा विद्यार्थी बालबालिकाहरुलाई जानकारी गराइएको बिद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले बताउनु भयो । 
 
शिर्जनशिल बाल क्लबका अध्यक्ष कमल खनालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बिद्यालयका प्रधानाध्यापक रुपलाल न्यौपाने रहनु भएको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैना, शिक्षक शिव थापा, प्रकाश बि। क। , शिक्षिका नान्कला खनाल, निर्मला तिमिल्सैना लगायतका वक्ताहरुले बाल विवाह न्यूनीकरणका लागि सुझाब सहितको मन्तव्य राख्नु भएको थियो ।
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by