लोटस आई क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिम एको पोल्टामा ।

 
अत्तरिया,फागुन २६ ।
 
 
लोटस आई क्रिकेट प्रतियोगिताको उपाधि आयोजक लोटस उमाबि ए ले हात पारेको छ । सोमबार  सम्पन्न फाईनल खेलमा कैलाली मोडेल धनगढीलाई ६ विगेटले पराजित गर्दै लोटस उमाबि एले प्रतियोगिताको उपाधि माथी कब्जा जमाएको हो ।
 
 
प्रतीयोगीतामा टस जिती पहीले ब्याडीङ गरेको कैलाली मोडेले निर्धारति २० ओभरमा ८ विकेट गुमाउदै ९९ रन जोड्यो । उसका लागी श्याम साउदले ३१ तथा राजेशले २३ रन जोडे ।
 
 
त्यस्तै लोटस एका लागी वाटसन साउदले ३ तथा बिजय भट्टले र प्रेम साउदले समान २/२ बिगेट लिए । १ सय रनको बिजय लक्षका साथ मैदानमा उत्रेको लोटस एले १७ दशमलब ४ ओभरमा ४ विगेट गुमाउदै लक्ष भेटायो । उसका लागी म्यान अफ द म्याच समेत रहेका बिजय भट्टले सर्बाधिक ४९ रन तथा सन्तोस भट्टले २३ रन जोडे । 
 
 
त्यस्तै कैलाली मोडेलका यज्ञ लामाले २ तथा सुनिल र बसन्तले समान १ /१ विगेट लिएपनि टीमलाई हारबाट जोगाउन नसक्दा कैलाली मोडेल उपबिजेतामै चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा म्यान अफ द सीरीज , बेष्ट ब्याड्स म्यान तथा प्रतियोगीता अबधिभर सबै भन्दा बढी चौका प्रहार गर्ने लोटस आई एका बिजय भट्ट घोसित भए उनले नगद १३ हजार प्राप्त गरे भने बेष्ट बलर लाटसकै शैलेश कडायत घोषित भए उनले पनि नगद ३ हजार नगद प्राप्त गरे ।
 
 
यस्तै प्रतियोगितामा बेष्ट फिल्डर सरस्वति उमाबि वलानिका मनोज बुढा घोसीत भए उनले नगद ३ हजार नगद प्राप्त गरे भने प्रतियोगीता अबधिभर सबै भन्दा बढी छक्का प्रहार गर्ने होलील्याण्डका जितेन्द्र मडै घोसीत भए उनले नगद १ हजार प्राप्त गरे ।
 
 
प्रतियोगीताको बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई सबिधान सभा सदस्य दीर्घराज भाटले पुरुष्कार बितरण गर्नु भएको थियो । समापन कार्यक्रम लोटस आईका सस्थापक अध्यक्ष गिरीराज कडायतको सभापतित्वमा सम्पन्न भएको थियो ।
 
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by