चुनावि अभियानलाई तिब्रता

img-featured

 
 
देवानन्द न्यौपाने लम्की कैलाली कार्तिक २४ / नेपाली काग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ ले चुनावि अभियानलाई तिब्रता दिएको छ । आफ्नो चुनावी कार्यक्रम अन्तरगत आज क्षेत्र नम्बर २ को साविकाको सुगरखाल गाविसकोबडिगाउ, सोल्टा, तल्लो सोल्टा लगायतका ठाउमा अगुवा कार्यक्रता भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदावार मोहोनसिंह राठोर, प्रदेश सभा सदस्यका उम्मेदावार  क. क्षेत्रका हिम रावल, क्षेत्र ख का. अरुण चौधरी, समानुपातिका उम्मेदावार सुशिला शाही, क्षेत्रीय सभापति भक्तबहादुर थापा, जिल्ला सदस्य कृष्ण पाण्डे, पुर्ब क्षेत्रीय सभापति देवानन्द जैशी, सुर्यबहादुर बटाला, लम्कीचुहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु ढकाल, वडा ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगर, युवा नेता लवबहादुर शाही लगायतकाको कार्यक्रममा सहभाििगता रहेको नेपाली काग्रेसका नेता देवानन्द जैशीले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको छ ।
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by