जेटीकप क्रिेकेट २०७४ मा नाता एकेडेमी लम्कीको दोस्रो जित ।

 
 
 देवानन्द न्यौपाने लम्की कैलाली कार्तिक २४ / कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आज भएका खेलमा जनजागृति,लिटील फलावर,र नाता विजयी भएका छन ।  आज भएको पहिलो खेलमा नव बालबाटीकालाई १२ रनले पराजीत गर्दै जनजागृति चौरी विजयी भएको हो ।
 
 टस हारेर पहिले ब्याटिङ्ग गरेको   जनजागृति चौरीले १५ ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । जनजागृति चौरीलाई ९७ रनमा रोक्ने क्रममा नव बालबाटीकाका अभिषेक विकले ३ तथा मानव विष्टले २ विकेट लिएका थिए ।  ९८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा आएको नवबालबाटीका १५ ओभर खेल्दै ९ विकेट गुमाउदै ८६ रन मात्र बनाउन सक्यो र १२ रनको हार व्यहोर्नु परयो ।३१ रन बनाएका जनजागृति चौरीका वनक ढकाल म्यान अफ द म्याच भए ।
 
आज नै भएको दोस्रो खेलमा लिटिल फलावरले क्याम्ब्रिज बलियालाई ७०रनले  पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको लिटिल फलावरले १५ ओभर खेल्दै ९ विकेटको क्षतिमा ९७ रन जोडन सफल भएको थियो । ९८ रनको लक्ष्य लिएर ब्याटिङ्गमा आएको क्याम्ब्रिज बलिया ८.३ ओभर खेल्दै सवै विकेट गुमाउदै २७ रन मात्र जोडन सफल भयो र ७० रनको हार व्योहर्नु परेको हो । आफनो टिमलाई जित दिलाउन उत्कृष्ट बलिङ गरेका प्रेम बमले ६ विकेट लिए र उनि म्यान अफ द म्याच भए ।
 
यसै गरी प्रतियोगिताको आजको अन्तिम खेलमा नार्ता केडेमी लम्की ९ विकेटले विजयी भएको छ । यो जित संगै नाता एकेडेमीको क्वाटर फाईनल पुग्ने सम्भावना कायाम रहेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको द सनराईज ई बो स्कुलले निर्धारित  १५ ओभरमा ८ विकेटको क्षतीमा १ सय १० रन बनाउन सफल भएको थियो । द सनराईजका लागी आषिक बमले २२ बलमा ५ छक्काको मदतले ४१ रनको महत्वपुर्ण पारी खेलेका थिए ।
 
 १ सय ११ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा उत्रेको नाता १४.२ ओभरमा १ विकेट गुमाउदै लक्ष्य भेटाउन सफ भएको हो । क्याम्ब्रिजका लागी कप्तान डेविड राज गीरी र उपकप्तान रविन रावलले राम्रो ब्याटिङ्ग गर्दै ९० रनको साझेदारी गरेका थिए ।  डेविड राज गीरी २८ रनको पारी खेलेर आउट भए भने आफनो टीमलाई जित दिलाउदै रविन रावलले नटआउट ४९ रनको  महत्वपुर्ण पारी खेले४९ रन र ३ विकेट लिएका रविन रावल म्यान अफ द म्याच भए । यसै गरी भोली प्रतियोगिताको एघारौ दिन विहान ७ बजे ब्राईट फउुचर लम्की विरुद्ध आर्दश नमुना लम्की ,विहान ११ बजे लिटिल फलावर विरुद्ध न्यु स्टार सुखड र भोलीकोे अन्तिम खेल दिउसो २ बजे बसन्त मुरारी विरुद्ध पानसदिप लम्की  विच खेल हुने खेल सयोजक एकेन्द्र मल्लले बताए ।
 
प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिता मंसीर ०२ गते सम्म सञ्चालन हुने जेटी कप क्रिकेट एकेडेमी संयोजक जिवन सुनारले जानकारी दिनुभयो । आजका खेलमा करीब २ हजार दर्शकहरुले अवलोकन गरेकोे प्रचार प्रसार सयोजक राजेन्द्र रावलले जानकारी दिनुभयो ।
 

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by