वक्तीत्वकला प्रतियोगिता संम्पन्न ।

img-featured

 
नवराज खनाल लम्की कैलाली कार्तिक २५ / बालबालीकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउनको लागि कैलालीको अम्कीमा आज वक्तृत्वकला प्रतियोगिता संम्पन्न भएको छ । वक्तृवकला प्रतियोगितामा यस क्षेत्रका करीब १८ बढी सामुदायिक तथा निजि विद्यालयमा अध्यनरत बालबालिकाको सहभागिता रहेको थियो ।
 
राष्ट्र निमार्णमा युवाहरुको भुमिका विषयक शिर्षकमा भएको प्रतियोगितामा राष्ट्रिय नमुना मावि मोतिपुरका धर्म रावत, दृतियमा आदर्श नमुना मावि लम्कीका नविना सञ्याल, सरस्वती मावि भुरुवाका तृतियमा रोशनी गौतम र सान्तवनामा बालकल्याण मावि भुरुवाका रोशन तिमिल्सैना हुनु भएका छन । कार्यक्रममा बोल्दै नगरवाल अधिकार संरक्षण समिति लम्कीचुहाका सचिव रंगप्रसाद तिमिल्सैनाले लम्की सेसिजले समाजमा गरी रहेको सकारात्मक कार्यले यस क्षेत्रको सामाजिक तथा चेतनात्मक विकास हुनेमा विश्वास गर्नु भयो । 
 
लम्की जेसिजको सप्ताहाब्यापी कार्यक्रम अन्तरगत आज छैटौ दिन यस क्षेत्रका बालबालिकाको ब्याक्तीत्व विकासकालागि वक्तृत्वकला कार्यक्रम गरेको हो । कार्यक्रमको भोली समापन गरीने लम्की जेसिजका अध्यक्ष जुगराम चौधरीले बताउनु भएको छ । 
 

radio programs

View All
  • On air थाहा सञ्चार समाचार -by
  • up next हिन्दी गीतहरु -by