सुरक्षा अङ्ग थप चनाखो हुनुपर्नेमा प्रधानमन्त्रीको जोड ।।

img-featured

 
नेपालगञ्ज कार्तिक २८ / प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा निकाय थप चनाखो हुनुपर्नेमा जोड दिनुभएको छ ।  नेपालगञ्जमा आज आयोजित प्रदेश क्षेत्र नं ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, जनताको निर्भीकताका साथ मत खसाल्ने अधिकारलगायत निर्वाचनसँग सम्बद्ध विषयमाथि कसैले चुनौती दिन खोजे त्यस्ता व्यक्ति र समूहलाई कानूनको दायरामा ल्याउन सरकारपछि नहट्ने बताउनुभयो । स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थालाई योजनाबद्ध रुपमा सुदृढ बनाएको बताउँदै प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने दायित्व सरकारको भएकाले यसमा सबैले साथ दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले नागरिकको मताधिकारको रक्षाका लागि सरकार  प्रतिवद्ध रहेको पनि दोहोर्याउनुभयो । 
 
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by