प्रधानमन्त्री देउवा लम्कीमा आउदै ।

img-featured

 
 
देवानन्द न्यौपाने लम्की कार्तिक २८/ प्रधानमन्त्री तथा नेपाली काग्रेसका  सभापति शेरबहादुर देउवा भोली बुधबार विहान ८ बजे कैलालीको लम्कीमा आउदै हुनुहुन्छ । आज मंगलबार  प्रदेश नम्बर ५ को बर्दिया, बाकेमा भएका बिभिन्न चुनावि सभा सम्बोधन गर्न आउनु भएका देउवा भोली विहान प्रदेश नम्बर ७ सुदुरपश्चिमको कैलाली लगायत बिभिन्न जिल्लामा आयोजना हुने चुनावि सभालाई संबोधन गर्नु हुने कार्यक्रम रहेको नेपाली काग्रेसले जनाएको छ । 
 
नेपाली काग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ का प्रवक्ता देवानन्द जैशीले सामुदायिक रेडियो पश्चिम आवाजलाई दिनु भएको जानकारी अनुसार प्रधानमन्त्री देउवा हेलीकप्टर बाटै भोली विहान ठिक ८ बजे लम्कीमा अवतरण हुन हनेछ । नेपाली काग्रेस क्षेत्र नम्बर २ ले नेपाली काग्रेसका पार्टि सभापति समेत रहनु भएका देउवालाई  लम्की स्थीत जेसिजहलमा स्वागत कार्यक्रमको आयोजना गरेको क्षेत्रीय सभापति भक्तबहादुर थापाले जानकारी दिनु भयो । कार्यक्रममा देउवाले नेपाली काग्रेसका नेता तथा अगुवा कार्यक्रतालाई संबोधन गर्ने कार्यक्रम रहेको छ । 
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by