विश्व शौचालय दिवस मनाइयो ।

img-featured

 
रंगप्रसाद तिमिल्सैना कैलाली लम्की मंसिर ३ / विश्व शौचालय दिवसका अवसरमा कैलाली जिल्लाको लम्की भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा आज सरसफाई  ¥यालीको आयोजना गर्नुका साथै कार्यक्रम गरी मनाइएको छ । लम्कीचुहा नगरपालिका वडा नं। १ को वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र बालकल्याण माध्यमिक विद्यालय लम्कीचुहा–१, लम्की भुरुवाको संयुक्त आयोजनामा कार्यक्रम मनाइएको हो । 
 
“फोहोर पानी, रोगको खानी” भन्ने मुल नारा सहित व्याकवार्ड सोसाइटी एजुकेशन ९बेस० कैलाली र सेबक नेपाल कैलालीको सहयोगमा विश्व शौचालय दिवस सफल पारौं, खुला दिशा धोका हो किटाणुको पोका हो, एक घर एक चर्पी हुनैपर्छ , खुला दिसामुक्त हाम्रो ईच्छा स्वस्थ जीवन गाउ“को प्रतिष्ठा जस्ता नारा लेखिएका प्लेकार्ड सहित बालकल्याण मा।वि।बाट निस्केको ¥यालीले पुर्व लम्की, विद्युत रोड , तिल्केनी, भुरुवा हु“दै विद्यालयमा पुगेर कोण सभामा परिणत भएको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले बताउनुभयो ।  कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति समेत रहनु भएका तिमिल्सैनाले लम्कीचुहा नगरपालिकालाई २०१७ सम्म खुल्ला दिसा मुक्त घोषणा गर्न सबै लागि पर्नु पर्नेमा जोड दिनु भएको थियो । 
 
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका  स्वाथ्य  संयोजक जयन्ती विसिले लम्कीचुहा नगरपालिका हाल सम्म पनी खुल्ला दिसा मुक्त गर्न नसक्नु दुखद् कुरा भएको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन सुनारको सभापतित्वमा भएको कोण सभाका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका स्वास्थ्य संयोजक जयन्ती बि।सी। रहनु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपलाल जैशी, सेवक नेपाल कैलालीका पुरन राना, बेस कैलालीका सामाजिक परिचालक बिजया कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य अमृता तिमिल्सैना, सेवक नेपालका भागरथी रेग्मी लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले गर्नु भएको थियो । 
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by