नेपाली कांग्रेसको चुनावी अभियाले तिब्रता पाउदै ।

img-featured

 
लम्की मंशिर ४ /देशमा शान्ति र संविधान कार्यान्वयका साथै मुलुकको संबृद्धिको लागि नेपाली कांग्रेसलेआसन्नं र्निबाचन  जित्नै पर्ने बेला आएको कैलाली निर्बाचन क्षेत्र नम्बर २ का नेता कार्यकर्ताले बताएका छन । नेपाली कांग्रेस निर्बाचन प्रसार प्रचार समिति क्षेत्र नम्बर २ ले आज सोमबार क्षेत्रका बिभिन्न ठाउमा आयोजना गरीएका टोल तथा गाउ भेला कार्यक्रममा बोल्ने वक्ताले सो कुरा बताएका हुन । थारु समुदायको हक अधिकारको लागि लड्ने पार्टि नेपाली कांग्रेस भएको बताउदै नेताहरुले कसैका चिल्ला भाषणमा नअलमलिन स्थानियलाई आग्रह गरेका थिए । 
 
यस क्षेत्रको समानुपातिक विकास शान्ति र सम्बृद्धि नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउदै एमालेको विकासको शैली लम्कीचुहा नगरपालिकामा हेरे पुग्ने बताएका थिय । कैलालीका बिभिन्न क्षेत्रका नगर अथवा गाउपालिका प्रमुखमा नेपाली कांग्रेसले जितेको ठाउको समानुपातिक विकास र लम्कीचुहाको यस आर्थिक बर्षको योजनामा जनतालाई गहिरीएर हेर्न समेत आग्रह गरेका थिय  । नेपाली कांग्रेसले विकास देखि हरेक मुद्धा मासमानता, समाबेशिको अवधारण अनुसार अगाढी बढने पार्टि भएको बताउदै बाम गठबन्धन दाम गठबन्धन भएको आरोप लगायका थिय । अहिलेको लडाई प्रजातान्त्रीक लोकतन्त्र रक्षा र अधिनायक विचकोे लडाई, संम्बृद्धि र विधोसांत्मक प्रवृति विचको लडाई भएको बताउदै देश बचाउने जिम्मा जनताको भएको बताएका थिय । चुनावि अभियानको आज सोमबार पहिलो दिन क्षेत्र नम्बर २ को प्रदेश सभा क अन्तरगत मुनुवारोड जानकी गाउपालिका वडा नम्बर २, परागिपुर, लम्कीचुहा वडा नम्बर ७ हल्दानी, लम्कीचुहा वडा नम्बर ५ चौरी भालुभुते चौराहामा संम्पन्न भएका भेलामा नेपाली कांग्रेसका नेता पुर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदावर महोनसिंह राठौर, प्रदेश सभा सदस्य क का उम्मेदावार हिमबहादुर रावल, शुशिला शाही, महा समिति सदस्य धर्मराज न्यौपाने, महाधिबेशन प्रतिनिधि विजय स्वा“र, नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति देवानन्द जैशी, सुर्य बहादुर बटाला, जिल्ला सदस्य कृष्ण पाण्डे, नगर सभापति रामबहादुर विष्ट, युवा नेता लबबहादुर शाही, वडा नम्बर ७ लम्कीचुहाका वडा ७ का निर्बाचित वडा अध्यक्ष हरीराम चौधरी लगायतकाले मन्तब्य राखेका थिय । यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा ख अन्तरगत आज पहिलो दिनको टोल तथा गाउ भेला लम्कीचुहा नगरपालिका १० चुहा, बर्द गोरीया २ दोदोधरा पिपलचौतारी, बेलुवा, कोइली भुरुवा, छरैया गाउमा सम्मपन्न भएका छन । 
 
भेलामा नेपाली कांग्रेसका नेता पुर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदावर महोनसिंह राठौर, प्रदेश सभा सदस्य ख का उम्मेदावार अरुण चौधरी, महासमिति सदस्य युवा नेता कमलबहादुर शाह, दलविर साउद, महासमिति सदस्य, जिल्ला कार्य समिति सदस्य, क्षेत्रीय सभापति भक्तबहादुर थापा, महाधिबेशन प्रतिनिधि विजय स्वा“र, बर्दगोरीया गाउ“ कार्य सभापति गणेश बहादुर शाही लगायतकाले मन्तब्य राखेका थिय । 
 
नेपाली काग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ निर्बाचन परिचालन समितिका प्रवक्ता देवानन्द जैशीले सामुदायिक रेडियो पश्चिम आवाजलाई दिनु भएको जानकारी अनुसार भोली क्षेत्र अन्तरगत  क प्रदेश सभाको लम्कीचुहा नगरपालिकाको पञ्चकोशि युवा क्लव भुरुवा, जानकी गाउपालिकाको खैरीफाटा चौराहा, भोक्सी मटेरा गाविस भवन, र ब्यवस्थीत नगरको होली खेल्ने ग्राउण्डमा टोल भेलाको आयोजना गरेको छ । भने प्रदेश सभा ख अन्तरगत लम्कीचुहा नगरपालिकाको खमरीया, सुतैया, झगडपुर र निमुवाबोझिमा टोलभेलाको आयोजना गरीएको प्रवक्ता देवानन्द जैशीले जानकारी दिनु भएको छ ।
 
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by